आप्रवासी राख्ने वेलायती प्रधानमन्त्रीको चाहना

 आप्रवासी राख्ने वेलायती प्रधानमन्त्रीको चाहना

लन्डन (बेलायत) : आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ । सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू ) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीकोे भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताउनुभएको हो ।

हामी ब्रेक्जिटपछि पनि तपाईहरुको अधिकार रक्षा गर्ने पक्षमा रहेको तपाईहरु बेलायत बसोबास गराउन चाहेका छौँ, प्रधानमन्त्री मेले भन्नुभयो ।

तर प्रधानमन्त्रीको यस भनाइप्रति प्रतिपक्षी लेबर पार्टीका जेरमी कर्बिन प्रधानमन्त्रीको करिब ३२ लाख युरोपेली आप्रवासीलाई सहयोग गर्ने योजना साह्रै ढिलो भएको भन्दै आलोचना गर्नुभयो ।

बे्रक्जिटका विषयमा नयाँ धारणा ल्याउन प्रतिपक्षी नेता कर्बिनले हाउस अफ कमन्समा सोमबार सम्बोधन गर्ने क्रममा सरकारसँग आग्रह गर्नुभयोे । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.