यसरी गरियो हिटलरसँग ट्रम्पको तुलना

यसरी गरियो हिटलरसँग ट्रम्पको तुलना

एजेन्सी : उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जर्मनका तानाशाह एल्डोफ हिटलरसँग तुलना गरेको छ । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी 'कोरियन सेन्ट्रल न्यूज एजेन्सी'को एक सम्पादकीयमा ट्रम्पले सैन्य बलको प्रयोग गरी विश्वभर आफ्नो प्रभुत्व जमाउने नीतिको निरन्तर वकालत गरिरहेको र त्यो हिटलरको नीति भएको उल्लेख गरिएको छ ।

ट्रम्पले अगाडि बढाई रहेको विश्वव्यापी नीति हिटलरको विश्वव्यापी नीति जस्तै भएको भनी आलोचना गरिएको छ । हिटलरले जसरी विश्वभरिका मानिसलाई जर्मनको मित्र र शत्रु भनी विभाजित गरी आफ्ना सेना र जर्मन जनतालाई युद्धमा लाग्न उत्तेजित बनाएका थिए । हाल ट्रम्पले त्यही दमनकारी नीति अवलम्बन गरेको आरोप लगाइएको छ ।

यसै लेखमा दक्षिण कोरियाका नव निर्वाचित राष्ट्रपति 'मुन जे इन' को आसन्न अमेरिका भ्रमणको तीब्र आलोचना गरिएको छ । मुनको भ्रमण अमेरिकाको प्योङयाङमाथिको सैन्य महत्वकांक्षा पुरा गर्नका लागि उठाइएको कदम भनिएको छ । मुनले राष्ट्रपतिमा निर्वाचित हुने वित्तिकै उत्तर कोरियासँग सम्बन्ध सुधार्ने भन्दै आफ्नो पहिलो भ्रमण प्योङयाङको हुने उदघोष गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.