नोवेल शान्ति पुरस्कार बिजेता लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

नोवेल शान्ति पुरस्कार बिजेता लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

बेइजिङ : चिनियाँ नागरिक लिउ जियाबाओका विषयमा अनावश्यक र गैरजिम्मेवार टिप्पणी नगर्न चीनले आग्रह गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले सो आग्रह गर्नुभएको हो । चिनियाँ विदेश मन्त्रालयले चिनियाँ राजधानी बेइजिङ्मा मङ्गलबार आयोजना गरेको नियमित पत्रकार भेटका क्रममा अमेरिकाले सोमबार दिएको अभिव्यक्तिका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता छाङ्ले सो प्रतिक्रिया दिनुभएको हो ।

चीन सरकारको थुनामा रहेका नोवेल शान्ति पुरस्कार बिजेता चिनियाँ नागरिक लिउलाई सोमबार उपचारका लागि रिहा गरिएको थियो । उहाँलाई क्यान्सर रोग देखिएकोले उपचारका लागि रिहा गरिएको थियो । यसैबीच हिजो नै अमेरिकाले उहाँलाई उपचारपछि पनि स्वतन्त्र छोडिदिन चीन सरकारलाई आग्रह गरेको थियो ।

अमेरिकाको सो भनाईलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लुले गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिनुभएको छ । उक्त अमेरिकी अभिव्यक्तिका बारेमा पत्रकारले सोधको एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो– चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तथा कुनै पनि प्रकारको गैरजिम्मेवार अभिव्यक्ति दिन कसैलाई अधिकार छैन ।

प्रवक्ता लुले भन्नुभयो– चीन कानुनी शासन भएको देश हो र यहाँ सबै नागरिक कानुनको अगाडि समान छन् । जुनसकै देशले पनि चीनको यो न्यायिक सम्प्रभुताको सम्मान गर्नुपर्छ र कुनै व्यक्तिगत मुद्धालाई उदाहरण बनाएर टिप्पणी गर्नु राम्रो होइन । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.