स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि अत्यावश्यक सेवा प्रभावित

स्वास्थ्यकर्मी निर्वाचनमा खटिएपछि अत्यावश्यक सेवा प्रभावित

बर्दियाः स्वास्थ्यकर्मीहरु स्थानीय तह निर्वाचनमा खटिएपछि जिल्ला अस्पताल बर्दियाबाट दिईने अत्यावश्यक स्वास्थ्य सेवाहरु प्रभावित बनेका छन् । जिल्ला निर्वाचन कार्यालयले अस्पतालका ८० प्रतिशत स्वास्थ्यकर्मीलाई जिल्लाका विभिन्न स्थानीय तहरुमा निर्वाचनका लागि खटाएको छ । जसले गर्दा अस्पतालले दिने एआरटी, डट्स, फार्मेसी, ल्याब लगायतका सेवाहरु प्रभावित बनेको हो । 

तीन दिन देखि एआरटी सेवा बन्द भएपछि एड्स भएकाहरुले बाचुञ्जेल खानुपर्ने एन्टीरेट्रो भाईरल (एआरभी) औषधी पाउनबाट बञ्चित भएका छन् । बर्दियाको बढैयाताल गाउँपालिकाबाट एआरभी औषधी लिन आएका एक एचआईभी एड्स संक्रमितले एआरटी बन्द देखेपछि औषधी नलिई फर्किएको बताउनुभयो ।

जिल्ला अस्पताल बर्दियाका डाक्टर विजय उपाध्यायले स्वास्थ्यकर्मीको अभावमा सेवा प्रदानमा समस्या भएको स्वीकार गर्दै भन्नुभयो, ‘हामी ६ जना डाक्टरहरु छौं । अहेव, एचए लगायतका स्वास्थ्यकर्मीहरु निर्वाचनमा खटिएका छन् । यतिबेला आलोपालो स्वास्थ्यसेवा दिईरहेका छौं ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.