‘देशभर फोरजी सेवा पुर्‍याउँद छौं’

‘देशभर फोरजी सेवा पुर्‍याउँद छौं’

सिस्टम बसाल्नु नै ठूलो कुरा हो । नेपाल टेलिकमले अबको केही समयमा आफ्नो छुट्टै सिस्टम पाउनेछ । यसका लागि एक वर्षको अवधि लाग्ने अनुमान छ । अहिले टेलिकमको गुणस्तरमा पनि ठूलो सुधार आइसकेको छ । सेवा विस्तार भएको छ । यति हुँदाहुँदै पनि निजी क्षेत्रले जस्तो रफ्तार टेलिकमले लिन नसकेकामा गुनासो भने आइरहेको छ । हामीले सेवाग्राहीको गुनासो नै नआउने गरी काम गर्न सकेका छैनौं । त्यसमा अनेकौं कारण छन् ।

टेलिकमको सबैभन्दा ठूलो हिस्सा सरकारी भएकाले यसलाई आफ्नै नियम कानुनले बाँधेको छ । टेलिकमले काम गर्दा निजीजस्तो एकल निर्णयले हुँदैन । हाम्रो आफ्नै ऐन छ । यसले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा टेकेर मात्रै अघि बढ्नु पर्छ । प्रक्रिया पुर्‍याएर अगाडि बढ्नुपर्ने भएकाले ढिला हुने पनि गरेको छ । हामीले हरेक खरिद प्रक्रियालाई अनिवार्य टेन्डर गर्नुपर्ने हुन्छ । टेन्डर गर्दा सामान्यतया ४५ दिन बितिहाल्छ । हामीलाई यहाँ त, हात खुट्टा बाँधेर धावकसँग दौडिन पठाएजस्तै हो । खुलेआम दौडनेसामु घिस्रिँदै सीमारेखा पार गर्नुपर्ने अवस्था हामीलाई छ । यस्तो अवस्थामा पनि टेलिकमले ग्राहकलाई दिने सेवामा कुनै कन्जुस्याइँ भने गरेका छैनौं । हामी सरकारी संस्था भएकाले नाफामुखीभन्दा सेवालाई प्राथमिकता दिइरहेका छौं । ग्राहक जहाँ छन्, त्यहाँ टेलिकमको सेवा पुगोस् भन्ने हाम्रो चाहना हो । त्यहीअनुसार काम पनि भएको छ ।

पछिल्लो एक वर्षको अवधिमा टेलिकमले आफ्नो सेवालाई निकै प्राथमिकतासाथ अगाडि बढाएको छ । विशेष गरी फोरजी, फाइबर टु दि होम र मोबाइल मनीलाई प्राथमिकता दिएका छौं । फोरजी सेवा काठमाडौं र पोखरामा विस्तार भइसक्यो ।

अहिलेको समय भनेकै फोरजी प्रविधिको हो । यो प्रविधिको सहायताले नेपालजस्तो भूभाग भएको ठाउँमा जस्तोसुकै काम पनि सम्भव हुनेछ । टेलिकमले फोरजीलाई प्राथमिकता दिएकै कारण अब एकै पटक देशभर विस्तार योजना बनाइरहेको छ । फाइवर टु दी होमलाई पनि व्यवस्थित र ग्राहकमैत्री बनाउने काम भइरहेको छ । टेलिकम ग्राहकलाई घरमै गएर ग्राहकले खोजेजस्तो सेवा दिन सक्ने अवस्थामा पुगेको छ । यसका लागि एक्सचेन्ज गेट–वे विस्तार भएको छ । टेलिकमले ग्राहकलाई डाटा र भ्वाइस सेवामा विभिन्न आकर्षण योजनासमेत प्रस्तुत गरिरहेको छ । यसको प्रतिफलस्वरूप डाटा सर्भिसमा ठूलो सफलता हात पारेको छ । फोरजीको सुरुवात पछि करिब ४० प्रतिशत हाराहारीमा डाटा सर्भिसमा वृद्धि भएको छ ।

अहिले नेपालको ६० प्रतिशत मानिसले नेपाल टेलिकमको सेवा प्रयोग गरिरहेका छन् । ३० प्रतिशतले डाटा प्याकेज प्रयोग गर्छन् । डाटा प्याकेजको तुलनमा डबल भ्वाइस प्रयोग भएको छ । फोरजीको विस्तारपछि डाटा प्याकेजमा उल्लेखनीय सफलता मिलेको छ । डाटा सर्भिसबाट हुने गरेको आम्दानीमा ४० प्रतिशत वृद्धि भएको छ ।

फोरजी सेवा

फोरजी सेवा टेलिकमको महŒवाकांक्षी योजना हो । अहिले पहिलो प्राथमिकतासाथ अघि बढेको छ । देशभर पुग्ने योजना अगाडि बढेको भए पनि अबको केही समयमै भैरहवामा फोरजी सेवा विस्तार हुँदै छ । फोरजी विस्तारको कार्ययोजना व्यापक बनिरहेको छ । जसको मोटामोटी खाका तयार भइसकेको छ । ग्राहकले फोरजी सेवा यो स्थानमा छ त्यो स्थानमा मात्र छ भन्नु नपरोस् भनेरै देशैभरको योजना अगाडि सारिएको हो । यसको विस्तार पहिले अब क्षेत्रगत रूपमा हुँदै देशभर पुग्दै छौं । अहिले टेलिकमको सेवा पुगेको सबै ठाउँमा फोरजी सेवा पुग्नेछ । यो सेवा गुणस्तरीय पनि हुनेछ ।

अहिले टेलिकमको थ्रीजी सेवा देशका अधिकांश स्थानमा पुगेको छ । टुजी मात्रै पुगेको स्थानमा पनि एकैपटक फोरजीको तयारी भइरहेको छ । थ्रिजी विस्तारसँगै विस्तारै टुजी विस्थापित हुँदै छ । जब, फोरजी सबै स्थानमा विस्तार हुनेछ, अहिले जहाँ थ्रिजी पुगेको छ, त्यहाँ फोरजी त अवश्य जाने नै छ तर जहाँ टुजी मात्र छ अब त्यो स्थानमा पनि एकै पटक फोरजी सेवा पुग्नेछ । फोरजी सेवाको विस्तारसँगै सोहीअनुरूप ग्राहक लक्षित विभिन्न प्याकेज पनि आउँछ । टेलिकमले सस्तो मूल्यमा ग्राहकलाई म्युजिकसँग जोड्ने कोसिस गरिरहेको छ । अहिले ग्राहकले गीत युट्युबाट सुनिरहेका छन्, अब टेलिकमले त्योभन्दा सस्तो मूल्यमा आफ्नै सेवा विस्तार गर्नेछ ।

यसअघि संसद्को विकास समितिले पनि टेलिकमलाई एक वर्षभित्र फोरजी सेवा देशभरि विस्तार गर्न निर्देशन दिएको छ । तर, त्यो निर्देशनअनुसार काम गर्न नयाँ फ्रिक्वेन्सीको आवश्यकता छ । नयाँ फ्रिक्वेन्सी पाएपछि हामी सेवा विस्तार गर्न पनि सक्छांै । तर, अहिलेसम्म थप फ्रिक्वेन्सी प्राप्त हुन सकेको छैन । पुरानो फ्रिक्वेन्सीमा मात्रै सबैतिर फोरजी विस्तार गर्न सकिने अवस्था छैन । तैपनि, टावर निर्माणदेखि आवश्यक सामग्री संकलनसहितको पूर्वाधारको काम भने अगाडि बढाइरहेका छांै ।

 फाइबर टु दि होम

नेपाल टेलिकमले फाइबर टु दि होम (एफटीटीएच)लाई निजी क्षेत्रले गरेजस्तो विस्तार गर्न नसक्ने होइन । टेलिकमसँग पूर्वाधार पनि छ । हामीले यो सेवा सबै अन्डर ग्राउन्डमार्फत दिइरहेका छौं । इन्टरनेटको विषयमा पहिला एडीएसलमा डाटा इन्टरनेट सेवा थिएन । विस्तारै त्यसैमार्फत इन्टरनेट सेवा सुरु भयो । अहिले आइपी बेसको डिजिटल सेवाको विस्तार भएको छ । पुरानो प्रविधिलाई विस्तार गरेर हामीले आइपी डिजिटल सेवामा पनि डेढ लाख प्रयोगकर्ता पुर्‍याउन सकेका छौं । पहिले ६ किमिको दूरीमा कपर वायर राखेर डाटा सेवा दिने गरेकोमा अहिले एक किमिको दूरीमा कपर वायर राखेर डाटा सर्भिस दिइरहेका छांै । फाइबर टु होम मात्र नभएर फाइबर टु विल्डिङको सेवा पनि छ । ठुल्ठूला बिल्डिङमा पाँच सय क्यापासिटीको एक्सचेन्ज गेटवेको व्यवस्था गर्ने गरेका छांै । यसलाई नेपालको जुनसुकै ठाउँमा पनि जडान गर्न सकिन्छ । फाइबर टु होम फोररजीजस्तै भयो । फरक तारसहित र ताररहित मात्रै हो । जहाँ बढी प्रयोगकर्ता छन्, जहाँ बढी मात्रामा डाटा खपत हुन्छ, त्यहाँ एफटीटीएच विस्तार हुन्छ । अहिले टेलिकमले ग्राहकको आवश्यकताअनुसार भनेको समयमा चाहेको स्थानमा सेवा दिन सक्ने भएको छ ।

 

अप्टिकल फाइबर

फाइबर विस्तारको काम पनि द्रुतगतिले भइरहेको छ । ग्रामीण भेगमा इन्टरनेटको पहुँच पुगोस् भनेर थालिएको अप्टिकल फाइबर विस्तारको काम राम्रोसँग बढिरहेको छ । भूकम्प प्रभावित चार जिल्लामा टेलिकमले इन्टरनेट सेवा पुर्‍याउने जिम्मा पाएको छ । यो योजनाअनुसार दु्रतगतिमा काम भइरहेको छ । कति स्थानमा त डाटा सर्भिस प्रयोगमै ल्याइसकेका छौं ।

 

हट स्पट सेवा विस्तार

हट स्पटका रूपमा हामीले पहिलो चरणमा १० स्थानलाई तोकेका थियौं । त्यसमा सार्वजनिक स्थल, हस्पिटल, स्कुलसहितका स्थान परेका छन् । अब हट स्पटलाई पनि विस्तार गरेर देशभर पुर्‍याउने योजना टेलिकमको छ । जहाँ ग्राहक छन् त्यो स्थानमा हाम्रो सेवा पुग्नेछ । कतिपय स्थानमा हामीले केही समयका लागि निःशुल्क यो सेवा प्रदान गरिरहेका छौं । अझ यसलाई विस्तार गर्न हामीले अध्ययन गरेर कतिवटा सामुदायिक विद्यालय, अस्पतालमा कसरी सेवा पुर्‍यान सकिन्छ भनेर काम भइरहेको छ ।

 

गुणस्तरीय सेवामा प्राथमिकता

ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न सेवा विस्तारका शैलीमा परिवर्तन आएको छ । नयाँ–नयाँ प्रविधिलाई प्रयोगमा ल्याइएको छ । उदाहरणका लागि सुन्धारामा ५–६ वटा महल छन्, जहाँ मानिसको चाप बढी हुन्छ त्यो महलमा रहेका मानिसले पनि राम्रो सेवा पाउनुपर्छ भनेर समान पहुँचको नीति अपनाइएको छ । हामी चाहन्छांै सहरमा बस्ने र गाउँको कुनामा बस्ने मानिसले पनि एकै किसिमको सेवा प्रयोग गरून् । साउन १ गतेबाट गुणस्तर कमजोर भए क्षतिपूर्ति दिनुपर्ने नियम तोकिएको छ । त्यसको तयारीमा पनि हामी जुटिसकेका छौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले मोबाइल एप निर्माण गरेर ग्राहकबाट सेवाको गुणस्तरबारे जानकारी लिन्छ । हामी तोकिएको गुणस्तरीय सेवा दिन तयार छौं ।

 हामीले फाइबर विस्तारमा कुनै पनि बिटिएस बन्द नहुने गरी वान प्लस वान मोडल अपनाएका छौं । त्यसका लागि ब्याट्री ब्याकअपको पनि व्यवस्था त्यसैअनुसार भएको छ । कुरा गर्दागर्दै फोन काटिने (कल ड्रप) भएको खण्डमा क्षतिपूर्ति दिने भनिएको छ । हाम्रो सेवा ताकिएको गुणस्तर हुनेछ । कतिपय स्थानमा भने मोबाइल सेटमा आएको समस्याले पनि हुन सक्छ । फोन कटेपछि उक्त स्थानमा रहेको बिटिएसमा खराबी आएको पाइए कम्पेन्सेसन हुन सक्छ । सेवा विस्तारको क्रममा टेलिकमले एउटै ढोकाबाट सबै सेवा ग्राहकले प्रदान गरिरहेको छ । अहिले जुनसुकै ठाउँमा पनि हामीले हाम्रो सेवालाई सरल र सहज बनाएका छौं । कस्टमर सेवा केन्द्रको विस्तार भएको छ । ग्राहकलाई विभिन्न योजना ल्याएका छौं भने कतिपय आउने क्रममा छन् । जस्तो ग्राहकलाई अप्ठ्यारो परेको अवस्थामा सापटी दिने, सस्तोमा आफ्नै म्युजिक सिस्टम प्रदान गर्ने, मोबाइल मनीका लागि सर्भिस प्रदान गर्नेलगायत योजना सार्वजनिकको तयारीमा छौं ।

(रञ्जनहरि कोइराला र राजु बास्कोटाले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.