हङकङ्लाई निरन्तर सहयोग रहन्छ:चिनियाँ राष्ट्रपति

हङकङ्लाई निरन्तर सहयोग रहन्छ:चिनियाँ राष्ट्रपति

हङकङ: चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष प्रशासित क्षेत्र हङकङ्लाई चीन सरकारले सधैँ सहयोग गर्ने बताउनुभएको छ ।

उयहाँले भन्नुभयो– केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङ्को विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधै सहयोग गर्नेछ ।

हङकङ् सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा हङकङ्मा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधनका लागि उहाँ बिहीबार हङकङ् पुग्नुभएको छ ।

चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले दिएको जानकारी अनुसार राष्ट्रपति सि बिहीबार बिहान हङकङ् पुग्नुभएको छ । बिहीबार बिहान हङकङ् अन्तर्राष्ट्रिय बिमानस्थलमा सम्वाददाताहरुसँग प्रतिक्रिया दिँदै उहाँले हङकङ्को बिकासका लागि चीन प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँ तीन दिनसम्म हङकङ्मा रहनुहुने कार्यक्रम रहेको छ । उहाँले हङकङ् हस्तान्तरणको २० वर्षको अवसरमा आयोजित बिशेष समारोहलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

उहाँ हङकङ् ओर्लिएपछि विमानस्थलमा रहेका एकजना हङकङ्का पत्रकारले सोधेको प्रश्नको छोटो जवाफमा उहाँले हङकङ् सम्पन्न र समृद्ध हुने बताउनुभएको थियो । हङकङ्लाई सन् १९९७ देखि केन्द्रीय सरकारको रुपमा चीनले सबै सहयोग गर्दै आएको छ ।

उहाँ सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङकङ् भ्रमण हो । हङकङ्मा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको थियो ।
त्यसैले पनि यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङकङ् भ्रमण नगर्न पनि सक्नुहुने अनुमान सर्वत्र गरिएको थियो । तर आज उहाँ हङकङ् पुग्नुभएको समाचार सार्वजनिक भएको छ ।

हङकङ् हस्तान्तरण गरिएको समयको अवसर पारेर हङकङ्मा प्रदर्शनको तयारी पनि गरेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको अर्केा एक समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.