दुई महिला प्रहरीको हत्या,१० महिला प्रहरी अपहरित

दुई महिला प्रहरीको हत्या,१० महिला प्रहरी अपहरित

फैजावाद (अफगानिस्तान) : अफगानिस्तानको उत्तरी भू–भागमा पर्ने बादख्शान प्रान्तमा तालिवान आतङ्ककारी समूहले दुई महिला प्रहरीको हत्या गरेका प्रहरी प्रवक्ता महफोजुल्लाह अकबरीले बिहीबार जानकारी दिएका छन् ।

बादख्शान प्रान्तको आर्गो जिल्लामा अवस्थित स्पिल गुल गाउँमा आफ्ना परिवारसँग भेटघाट गर्न गइरहेका दुई महिला प्रहरीलाई बाटोमै तालिवान आतङ्ककारी समूहले बुधबार गोली प्रहार गरी हत्या गरेको अकबरीले जानकारी दिएका हुन् ।

सन् २००१ को अन्त्यमा शासन सत्ताबाट हटेका अर्थात सो समयदेखि हालसम्म पनि महिला शिक्षाको विरोध गर्नुको साथै महिलालाई घरदेखि बाहिर जान दिन नहुने अभियानमा रहेका तालिवान आतङ्ककारीले महिलामाथि निकै थिचोमिचो गर्ने गरेका छन् । यी प्रहरीको हत्याको बारेमा भने उनीहरुले हालसम्म कुनै टिप्पाणी गरेका छैनन् ।

प्रहरीले भने उनीहरुको हत्या तालिवानले नै गरेको बताएको छ । बादख्शान प्रान्तको प्रान्तीय राजधानी फैजाबाद अफगानिस्तानको राजधानी काबुलबाट ३१५ किलोमिटर उत्तरपूर्वमा रहेको छ । सो इलाकमा केही बर्षयता तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको छ । गत महिना यसै स्थानमा भएको भिडन्तमा परी कैयौँ प्रहरीको ज्यान गएको थियो ।

नाइजेरियाको शक्तिशाली आतङ्कबादी संगठन बोको हरामले दशजना नाइजेरियाली महिला प्रहरी अपहरण गरी बन्दी बनाएको छ । उनीहरुले ती महिला प्रहरीलाई अपहरण गरी बन्दी बनाएको दाबी गरेका छन् । सो जानकारी सहितको भिडियो उनीहरुले एक स्थानीय पत्रिकालाई उपलब्ध गराएका छन् । उक्त पत्रिकाले बोको हरामले दिएको उक्त भिडियोको बारेमा बिहीबार जानकारी गराएको बताइएको छ ।

आतङ्कबादी संगठन बोको हरामको एक अन–लाइन भिडियो प्रसारणमा पनि दशजना महिला सुरक्षाकर्मीलाई गत हप्ता नाइजेरियाको उत्तरपूर्वी नगर बोर्नोबाट अपहरण गरिएको देखाइएको छ । ती महिला प्रहरीलाई अज्ञातस्थलमा बन्दी बनाइएको भनी अबु बाकर सेकाउको नामबाट परिचित बोको हरामका एकजना नेताले दाबी गरेको दृश्यसहितको समाचार स्थानीय दैनिक पत्रिका द पन्चले बिहीबार प्रकाशन गरेको छ ।

बोको हरामको यस दाबी सम्बन्धमा नाइजेरियाली अधिकारीहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । अबु बाकर सेकाउ नै बोको हरामको नेता रहेका सो समाचारमा दाबी गरिएको छ । यस भिडियोमा पनि उनले बोलेको दिइएको छ । तर सन् २०१४ मा भएको मुठभेडमा सुरक्षाकर्मीको गोली प्रहारबाट उसको मृत्यु भैसकेको नाइजेरियाली सेनाले दाबी गर्दै आएको थियो ।

नाइजेरियामा सन् २००९ देखि सुरु भएको हिंसात्मक विद्रोहमा परी २० हजार भन्दाबढी सर्वसाधारण नागरिकको मृत्यु भएको छ । साथै यस आतङ्कमा परी अन्य २३ लाख भन्दाबढी ब्यक्ति बिस्थापित भइसकेका छन् ।

सन् २०१४ को अप्रिलमा यही आतङ्कबादी संगठनले उत्तरपूर्वी बोर्नो राज्यकै चिबोक इलाकाबासी एक समुदायका दुइसय भन्दाबढी छात्रालाई विद्यालयबाटै अपहरण गरी बेपत्ता पारेको थियो । नाइजेरियाली सुरक्षाकर्मीले ती अपहरित छात्रामध्ये हालसम्म एकसय छ जनालाई मात्र मुक्त गर्न सकेको छ । बोको हरामका कम्तीमा एकहजार चारसय जना संदिग्ध लडाकूलाई नियन्त्रणमा लिई नाइजेरियाको उत्तरपूर्वी इलाकामा बन्दी बनाएर राखिएको जनाइएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.