हङकङमा एक राष्ट्र दुई व्यवस्था निरन्तर

हङकङमा एक राष्ट्र दुई व्यवस्था निरन्तर

हङकङ : एकजना चिनियाँ राजदूतले हङकङमा अहिलेकै जस्तो एक देश दुई व्यवस्था कायमै रहने जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो– हाल हङकङमा एक देश र दुई राजनीतिक व्यवस्थाको अवस्था छ, त्यो यहाँ आगामी दिनमा पनि निरन्तर नै रहने छ,यसैमा हङकङको आर्थिक तथा राष्ट्रिय बिकास सम्भव छ।

भियतनामका लागि हङकङका राजदूत च्यो योङ्ले बिहीबार साँझ भियतनमको राजदूताबासमा अयोजना गरिएको स्वागत समारोहमा सो धारणा राख्नुभएको हो।

हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा भियतनामको दूताबासमा यस्तो समारोहको आयोजना गरिएको हो ।

सो अवसरमा हङकङमा पनि विशेष कार्यक्रमको आयोजना भएको छ । सो कार्यक्रममा सहभागिताका लागि चिनियाँ राष्ट्रपति सि चिनफिङ बिहीबार नै हङकङ पुग्नुभएको छ ।

राष्ट्रपति चिनफिङले बिहीबार विशेष प्रशासित क्षेत्र हङकङलाई चीन सरकारले सधैँ सहयोग गर्ने बताउनुभएको थियो।उहाँले पछिल्लो समयमा हङकङले एक राष्ट्र र दुई व्यवस्थामा आधारित नीतिका कारण देशको बिकास र प्रशासन सञ्चालनमा राम्रो गरेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो– केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङको विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधँै सहयोग गर्नेछ ।

राजदूत योङले पनि आज राष्ट्रपति चिनफिङको सोही अभिव्यक्ति दोहोरयाउनुभएको हो । विशेष प्रशासित क्षेत्रका रुपमा पछिल्लो समयमा हङकङको आर्थिक र सामाजिक उन्नति भइरहेको छ, यो पनि चीनकै एक सरकार नीतिका कारण हो– उहाँले भन्नुभयो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.