‘इरानी हजुरआमासँग नातिनातिना भेटन अमेरिकाले प्रतिबन्ध लगाउनु निन्दनीय’

‘इरानी हजुरआमासँग नातिनातिना भेटन अमेरिकाले प्रतिबन्ध लगाउनु निन्दनीय’

तेहरान : अमेरिकाले 6 वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको इराकी विदेशमन्त्री मोहमद जाभेद जारिफले शुक्रबार बताउनुभएको छ ।

‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ–जारिफले आफ्नो ट्वीटरमा लेख्नुभएको छ ।

अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० लाख भन्दाबढी रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी छ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी सर्वेाच्च अदालतको पछिल्लो आदेशले आगामी ९० दिनसम्म ती देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिवन्ध लगाउने सरकारको नीतिलाई सदर गरेको छ ।

त्यसैगरी ती छ देशका शरणार्थीलाई १२० दिनसम्म रोक लगाइएको छ । यसबाट अमेरिकामा आतङ्ककारी भित्रिन रोक लाग्ने ट्रम्पको भनाइ रहेको छ । यस निर्णयको अमेरिकामा विरोध भइरहेको छ ।

अमेरिकी इरानीयहरुले आ–आफ्नो ट्वीटरमार्फत आफ्ना हजुरबा आमा आतङ्ककारी नभएको भनी विरोध गरेर ट्वीट गरेका छन् र उनीहरुले ती हजुरबा आमाको फोटो पनि ट्वीटरमा राखेका छन्। रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.