आतङककारीको धम्कीपछि सिङगापुर सैन्य सङ्ख्या बढाउने तयारीमा

आतङककारीको धम्कीपछि सिङगापुर सैन्य सङ्ख्या बढाउने तयारीमा

सिङ्गापुर: सिङ्गापुरको सेनाले आतङ्कबादीहरूको धम्कीका कारण आफ्नो संरचनामा परिवर्तन गर्न लागेको रक्षा मन्त्रीले जानकारी दिनुभएको छ ।
आतङकबादीहरूको सामना गर्नका लागि सैन्य पुर्नसंरचना गर्न लागिएको सिङ्गापुरको सैन्य दिवसका अवसरमा दिइएको अन्तबार्तामा उहाँले भन्नुभएको छ ।


रक्षा मन्त्रीले भन्नुभयो, “परिवर्तीत सुरक्षा चुनौतीलाई ध्यान दिदै सैन्य पुर्नसंरचा गर्न लागिएको छ, सिङगापुरले सायद सैन्य सङ्ख्या पनि बढाउने छ ।”
हालै सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा उहाँले आफ्नो गाँउ ठाँउको सुरक्षा गर्नका लागि राष्ट्रिय स्वयमसेवकहरूलाई तालिम दिइने बताउनु भयो । त्यसका लागि उहाँले तालिम दिने छुट्टै निकाय बनाइने पनि जानकारी दिनुभयो ।


यही जुलाईमा बनाइएने त्यस्तो निकायको नाम सुरक्षा तालिम संस्था राखिने भएको छ । यस संस्थाबाट तालिम लिएकाहरूलाई राष्ट्रिय स्वयमसेवकहरूसँग समन्वय गरेर सुरक्षाका लागि परिचालन गरिने भएको छ ।


सिङगापुरमा आफ्नो ठाँउको सुरक्षाका लागि हरेक बर्ष झण्डै १८ हजार जनालाई तालिम दिएर राष्ट्रिय स्वयमसेवक बनाईन्छ ।
रक्षा मन्त्रीले सिङ्गापुरको सामुद्रिक सुरक्षाका लागि खटिने र आतङ्कबादीहरूको सम्भावित आक्रमणको बेला प्रतिवाद गर्नका लागि खटिनेहरूको मापदण्डमा सुधार गरिने बताउनु भयो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.