दक्षिण कोरियाका राष्ट्रपति ह्वाईट हाउसमा

दक्षिण कोरियाका राष्ट्रपति ह्वाईट हाउसमा

ह्वाईटहाउस : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार बिहान ९.३० बजे दक्षिण कोरियाका राष्ट्रपतिलाई भेट्नु भएको छ। दूई नेताले बिहीबार बेलुका सँगै खानाखाएपछि राष्ट्रपति कार्यालय फर्केर शुक्रबार राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनसँग भेटवार्ता गर्नुभएको हो।

ट्रम्पले बैठकपछि ट्विटरमा ‘धेरै सफल बैठक’ भनेर लेख्नु भएको छ। मुनसँग उत्तर कोरिया र व्यापारका बारेमा पनि छलफल भएको ट्रम्पको भनाई छ।

ट्रम्प र मुनले ‘ओभल अफिस’ मा भेटबार्ता गरेर पत्रकारहरुका लागि वक्तव्य बनाउने कार्यक्रम पनि रहेको छ।

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको पारमाणविक चेतावनीको विषयमा आफुहरु एकै ठाँउमा रहेको देखाउन चाहेका छन्। रासस÷एपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.