आइएसद्वारा अफगानिस्तानमा दश तालिबानको घाँटी रेटेर हत्या

आइएसद्वारा अफगानिस्तानमा दश तालिबानको घाँटी रेटेर हत्या

अफगानिस्तान :  तालीवानीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी बल्ख प्रदेशमा सरकार समर्थक १३ जना लडाकु मारिएका छन् । तालिबानको विद्युतीय धरापमा परी उनीहरु मारिएको प्रदेश सरकारका प्रवक्ताले आइतबार जानकारी दिनुभएको छ ।

‘तलिबान बन्दुकधारीले शनिबार अबेर चिम्ताल जिल्लाको दुर्गम गाँउ मस्जेड इ सफाडमा सरकार समर्थक लडाकूलाई आक्रमण गरेका र उनीहरुको आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ,” प्रवक्ता फर्हाद मुनिरले भन्नुभयो ।

यस आक्रमणको तालिबान लडाकूहरुले जिम्मेबारी लिएका छन् । त्यसैगरी अर्को एक समाचारअनुसार अफगानिस्तानकै उत्तरी क्षेत्रमा पर्ने जावजान प्रान्तमा तालिबान लडाकूप्रति केही नरम रहेको भनिएको इस्लामिक स्टेटले तालिबान समूहका १० जना लडाकूको शिर छेदन गरिदिएको छ ।

स्थानीय डेलि विसा नामक पत्रिकाले आइतबार प्रकाशन गरे अनुसार आइएस लडाकूले डार्जाव जिल्लाको अक्बालाक गाँउलाई बुधबार नियन्त्रणमा लिएर १० जना तालिबान लडाकूलाई अपहरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.