राष्ट्रपति मुनले अमेरिकासँग ‘चापलुसी’ गरेको उत्तर कोरियाको आरोप

राष्ट्रपति मुनले अमेरिकासँग ‘चापलुसी’ गरेको उत्तर कोरियाको आरोप

प्योङयाङ (उत्तर कोरिया) : दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले गत हप्ता वासिङ्टन भ्रमणका शिलशिलामो अमेरिकासँग ‘चापलुसी तथा आत्मसमर्पण’ गरेको उत्तर कोरियाले आइतबार आरोप लगाएको छ ।

उत्तर कोरियाली सरकारी दैनिक पत्रिका रोडोङ सिनममा प्रकाशित मुनको भ्रमण समिक्षामा नयाँ दक्षिण कोरियाली सरकारले “कार्यभार सम्हाल्नु पहिले कुनै प्रष्ट नीतिबिना भ्रमण गरेर अमेरिकाबाट मानसिक दवावको सामना” गर्नुपरेको बताइएको छ ।

“ राष्ट्रपति मुनले अमेरिकाको पहिलो भ्रमणकै क्रममा कमजोर बिषयवस्तु सहित गएका कारण ‘चापलुसी तथा आत्मसमर्पण’ गर्नुपरेको” भनाई दक्षिण कोरियाली अधिकारीले खुलासा गरेको बताइएको छ ।

अव उनीहरूको व्यबहारले कतै अमेरिकी पक्षधर नेतृत्वको अन्त्यहुने बेलाभएको त हैन भन्ने आशङ्का उब्जाएको पूर्व राष्ट्रपति पार्क ग्युन हेको शासनसत्तालाई देखाउदै जनाइएको छ ।

वर्तमान् राष्ट्रपति मुन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको भ्रमणमा दक्षिण कोरियामा अमेरिकी सैन्य गठबन्धनलाई थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । दुई नेताले उत्तर कोरियाको निरन्तरको आणविक हतियार मोहलाई लिएर प्योङयाङ विरुद्ध कडा खालको प्रतिबन्ध लगाउने विषयमा सहमति गर्नुभएको बताइएको छ ।

उत्तर कोरियाले जति नै चर्को स्वरले कुरा गरेपनि यसले आफ्नो देशलाई कुनै असर नपर्ने जनाएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.