उद्धारमा गएको हेलिकोप्टर दुर्घटना, आठ जनाको मृत्यु

उद्धारमा गएको हेलिकोप्टर दुर्घटना, आठ जनाको मृत्यु

जाकार्ता : इन्डोनेसियामा ज्वालामुखीको विस्फोट भएपछि त्यसको उद्वारका लागि गएको हेलिकोप्टर नै दुर्घटामा परेको छ । सो हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका आठजना उद्वारकर्मीको ज्यान गएको एकजना सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

इन्डोनेसियामा खोजी र उद्वार निकायका अनुसार यस हेलिकोप्टरमा चार उद्धारकर्ता र चालक दलका चारजना सदस्य रहेका थिए ।

दुर्घटना भएको स्थलबाट सबै व्यक्तिको शव फेलापर्नुको साथै पहिचानसमेत खुलेको उक्त खोजी तथा उद्वार निकायका प्रमुख मुहमद सेगगीले एएफपी समाचार सतितिलाई जानकारी दिनुभएको छ । आइतबार अपराह्नमध्य जाभामा ज्वालामूखी विस्फोट भएको स्थानमा उद्धारकार्यको लागि सो हेलिकोप्टर गइरहेको थियो ।

यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको इन्डोनेसिया खोजी र उद्धार निकायको यातायात सुरक्षा विभागले जनाएको छ । गत केही महिनायता इन्डोनेसियाले वायु सेवामा कैयौँ दुर्घटना भएका छन् । इन्डोनेसियाको बोर्नेओ राज्यको दुर्गम इलाकामा गत डिसेम्बरमा भएको एक सैनिक विमान दुर्घटनामा परी करिब तीन व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.