चीनका ६० नदीमा पानीको तह खतराकेा उचाइमा

चीनका ६० नदीमा पानीको तह खतराकेा उचाइमा

नानिङ (चीन) : चीनको दक्षिणी क्षेत्रमा रहेको गुआङ्सी झुआङ स्वायत्त प्रदेशमा विशाल बर्षापछि आएको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका स्थानीय अधिकारीले जनाएका छन् ।

व्यापक वर्षापछि गत शनिबार यता गुआङ्सी प्रदेशका कम उचाइमा रहेका वस्ती तथा शहरहरू जलमग्न भएका थिए । जसका कारण सोमबारसम्म ९१ हजार ६०० वासिन्दालाई सुरक्षित स्थलमा सारिएको क्षेत्रीय नागरिक मामिला विभागले जनाएको छ ।

बर्षाले करिब १० लाख पाँच हजार जनतालाई प्रभावित तुल्याएको छ भने ४२ करोड ८० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति पुरयाएको बताइएको छ । बर्षाका कारण ६०० परिवार पूर्णरूपमा विस्थापित भएका छन् भने छ हजार ५०० घरमा आंशिक क्षति पुरयाएको विभागले जनाएको छ ।
आइतबार चिनियाँ बाढी व्यवस्थापन अधिकारीले यहाँका ६० भन्दा बढी नदीमा पानीको तह खतराका अवस्थामा पुगेको बताएका थिए । रासस÷ सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.