कतार उचित शर्तहरुमा वार्तामा सहभागी हुन तयार

 कतार उचित शर्तहरुमा वार्तामा सहभागी हुन तयार

कुबेत : इरानसँग कुटनीतिक सम्बन्ध बिच्छेद गर्नु पर्ने,कतारमा रहेको टर्कीको सैनिक पोष्ट हटाउनु पर्ने र अलजजिरा टेलिभिजन बन्द गर्नु पर्नेसहित १३ वटा शर्त राखेका साउदीसहितका खाडी मुलुकको माग सम्बोधन गर्ने गरी कतारले कुवेत मार्फत जवाफ पठाएको छ ।
कुवेती समाचार एजेन्सीका अनुसार कतारी परराष्ट्रमन्त्री मोहम्मद वीन अब्दुलरहमान अल थानीले कुवेती अमिरसँग करीव डेढ घण्टा भेटवार्ता गर्ने क्रममा कतारी अमिरले पठाएको जवाफ हस्तान्तरण गर्नु भएको हो ।
साउदी अरेविया,यूनाइटेड अरव इमिरेटस,बहराइन र इजिप्टले सोमबार कतारलाई सोमबार ४८ घण्टा भित्र आफूहरुले राखेका शर्त पूरा गरेमा कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान खोज्न सकिने बताएका थिए ।
कतार र अन्य खाडी मुलुकहरु वीचको द्धन्द समाधान गर्न कुवेतले मध्यस्थता गरिरहेको छ । खाडी मुलुकले कतारलाई कुवेत मार्फत नै १३ बुँदे शर्त पठाएका थिए । ती शर्तलाई कतारले कसरी सम्बोधन गरेको छ भन्ने सार्वजनिक नभएपनि बुधवार इजिप्टमा हुन लागेको कतार माथि प्रतिबन्ध लगाउने साउदीसहित खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठकलाई प्रभावित गर्ने गरी जवाफ पठाएको समाचारमा जनाइएको छ ।
चार खाडी मुलुकलेगत जुन २३ मा १३ बुँदे शर्त राखेका थिए । ती मुलुकले कतारमाथि झण्डै एक महिनादेखि नाकावन्दी लगाउँदै आएका छन् ।

कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित कुवेत पुग्नुभएको छ।सोमबारसम्ममा आफ्नो कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरको पत्र लिएर विदेशमन्त्री कुवेत पुग्नुभएको हो।

खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आउनुभएको छ।कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अलथानीले कुवेती अमीरलाई दिनु भएकेा छ।

यद्यपि उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको कतारी सरकारले बताउदै आएको थियो ।
खाडी मुलुकहरुले अलजजीरा प्रसारण सञ्जाल तथा टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने र इरानसँग सम्बन्ध विच्छेद गर्नुपर्ने लगायतका माग राखेका थिए।तोकिएको समयसीमाभित्र ती मागहरु पूरा नगरिए साउदी अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।
उनीहरुले कतारमाथि अतिवादी र आतंकवादी समूहहरुलाई सघाउँदै आएको आरोप लगाउँदै आएका छन् तर उक्त आरोप कतारले अस्वीकार गर्दै आएको छ।
गत जुन महिनामा साउदी अरव, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन“ उक्त कदम चालिएको बताएको थियो । केही समय पहिले साउदी अरेबिया, बहरेन र संयुक्त अरब एमिरेट्सले आफूहरुको आन्तरिक मामिलामा कतारले हस्तक्षेप गरेको भन्दै कुटनैतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेका थिए ।
यसैवीच, छ अरब राष्ट्रका विदेशमन्त्रीहरू कतारसँगको विवादका विषयमा कुरा गर्न बुधबार इजिप्टको राजधानी काएरोमा भेट्ने कार्यक्रम भएको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो ।रासस/सिन्ह्वा र एजेनसीहरुकेा सहयेागमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.