'अमेरिकाले राखेको थाडले चीन र रुसलाई खतरा'

'अमेरिकाले राखेको थाडले चीन र रुसलाई खतरा'

बेइजिङ : चीनका राष्ट्रपति सि जिनपिङले दक्षिण कोरियामा जडान गरिएको अमेरिकी थाड (टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स) एन्टि मिसाइल सिस्टमले चीन र रसिया दुवैविरुद्ध गम्भीर खतरा उत्पन्न गरेको बताएका छन् ।

सोमबार रसियाको औपचारिक भ्रमणमा निस्कनुअघि राष्ट्रपति सिले बेइजिङबाट प्रस्थान गर्नुअघि दक्षिण कोरियामा थाड जडान तत्काल रोक्नुपर्ने भन्दै जडान भइसकेका थाड पनि हटाउन आग्रह गरे । चीनले थाड एन्टि मिसाइल सिस्टमको शक्तिशाली राडारले आफ्नो भूभागको निकै भित्रसम्म पनि हेर्नसक्ने भन्दै सुरुदेखि नै जडानको विरोध गर्दै आएको छ । यसबाट आफ्नो सुरक्षा र क्षेत्रीय सन्तुलनमा नै असर पार्ने दाबी चीनले गर्दै आएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले राष्ट्रपति सिको भनाइ उद्धृत गर्दै भनेको छ, 'अमेरिकाले दक्षिण कोरियामा जडान गरिरहेको अत्याधुनिक एन्टि मिसाइल सिस्टम थाडले चीन, रसिया र यस क्षेत्रका अन्य राष्ट्रको को रणनीतिक सुरक्षा हितमा गम्भीर खतरा उत्पन्न गरेको छ ।'

अमेरिका र दक्षिण कोरियाले भने थाड एन्टि मिसाइल सिस्टम उत्तर कोरियाबाट उत्पन्न खतराको प्रतिरक्षाका लागि मात्र जडान गरिएको एक स्वरमा भन्दै आएका छन् ।चिनियाँ राष्ट्रपतिले रसियाली सञ्चारमाध्यमसँग दिएको अन्तर्वार्तामा अहिलेसम्म थाडसम्बन्धमा चीन र रसिया दुवैले आपसी सहकार्य र समन्वय गरी समान धारणा बनाएको बताएका छन् । सिलाई उद्धृत गर्दै सिन्ह्वाले भनेको छ, 'चीन र रसिया दुवै दक्षिण कोरियामा थाड एन्टि मिसाइल सिस्टम जडानविरुद्ध छन् र सम्बन्धित राष्ट्रहरूसँग जडान तत्काल स्थगन गर्न आग्रह गर्छन् ।'

सिन्ह्वाका अनुसार चीन र रसियाले आफ्नो सुरक्षाका लागि संयुक्त वा एकल रुपमा आवश्यक कदम चाल्ने राष्ट्रपति सिले बताएको उल्लेख गरेको छ । तर उसले के कस्ता कदम चालिने हो कुनै विवरण भने दिएको छैन । राष्ट्रपति सिले चीन र रसिया दुवैले आपसी व्यापार, लगानी र आर्थिक सहयोग वृद्धि गर्न सहकार्य गर्नुपर्ने पनि बताएको सिन्ह्वाले उल्लेख गरेको छ ।

राष्ट्रपति सि रसियाको औपचारिक भ्रमण सकेर जर्मन सहर ह्याम्बर्गमा हुने औद्योगिक राष्ट्रहरूको सम्मेलनमा भाग लिन जानेछन् । थाड एन्टि मिसाइल सिस्टमका कारण चीन र दक्षिण कोरियाबीच द्विपक्षीय सम्बन्धमा तिक्तता आएको छ । मेमा दक्षिण कोरियाको राष्ट्रपतिमा मुन जाई–इन निर्वाचित भएपछि दुई देशबीचको तिक्तता अझै बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.