भारतीय प्रधानमन्त्री इजरायल र जर्मनी भ्रमणमा

भारतीय प्रधानमन्त्री इजरायल र जर्मनी भ्रमणमा

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको औपचारिक भ्रमणका लागि मङ्गलबार त्यसतर्फ लाग्नुभएको छ । इजरायल र जर्मनीको औपचारिक भ्रमणका लागि उहाँ मङ्गलबार इजरायलतर्फ लाग्नुभएको समाचारमा जनाइएको छ । 


भारतीय प्रधामन्त्रीबाट यस यहुदी राज्यको भ्रमण भएको यो नै पहिलो पटक हो । त्यसैले यस भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले ऐतिहासिक भनेका छन् । 

भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा गरिने समारोहमा प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथि बनाइएको छ । 

सो विशेष समारोहमा सहभागिताका लागि उहाँ आजदेखि ६ जुलाइसम्म इजरायलमा रहनु हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

यस भ्रमणका क्रममा उहाँले आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँग भेटावार्ता गर्ने र सो वार्ताको क्रममा द्विपक्षीय चासोका धेरै विषयमा छलफल हुने जानकारी दिइएको छ ।  

साथै उहाँले इजरायली राष्ट्रपति रेउभेन रिभरिनसँग पनि प्रधानमन्त्री मोदीले शिष्टाचार भेट गर्नुहुने पनि समाचारमा जनाइएको छ । 

‘भोलिबाट म इजरायलको ऐतिहासिक भ्रमण सुरु गर्दैछु र इजरायल भारतको एक घनिष्ठ मित्रको रुपमा रहेको छ– प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ । 

यस यहुदी मुलुकको भ्रमण गर्ने म नै पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा मैले आफूलाई सौभाग्यशाली ठानेको छु– उहाँले भन्नुभएको छ । 

आफू इजरायल भ्रमणको अभूतपूर्व क्षणको प्रतिक्षारत रहेको र यसबाट दुई देश र जनताको सम्बन्ध थप नजिकिने छ– प्रधानमन्त्री मोदीद्धारा सोमाबार जारी विज्ञप्तिमा जनाइएको छ । 

उहाँले पहिलो चरणमा इजरायलको भ्रमण गरी त्यसपछि जर्मनीतर्फ लाग्नुहुने छ । उहाँको साथमा भारतीय उच्च सरकारी अधिकारीहरुको समूह रहेको छ । 

जर्मनीको ह्याम्बर्गमा हुन लागेको जी–२० सम्मेलनमा भाग लिन उहाँ जर्मनी जान लाग्नुभएको भारतीय विदेश मन्त्रालयले यस अघि नै जानकारी दिएको थियो । 

उहाँको भ्रमणको कार्यतालिका भन्दै भारतीय विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भ्रमणको अन्तिम गन्तब्यको रुपमा प्रधानमन्त्री मोदी जर्मनी पुग्नु हुने ह्याम्बर्गमा आगामी जुलाई ७ देखि ८ सम्म हुने जी–२० को सम्मेलनमा सहभागी हुनुहुने बताइएको छ । रासस/सिन्ह्वा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.