दक्षिणी जापानमा भीषण बाढी, दुईको मृत्यु १८ बेपत्ता

 दक्षिणी जापानमा भीषण बाढी, दुईको मृत्यु १८ बेपत्ता

आसाकुरा (जापान): दक्षिणी जापानमा भीषण बाढी आएको समाचार छ । सो बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

साथै सो बाढीमा परी अन्य १८ जना बेपत्ता भएका जनाइएको छ। साथै यस बाढीका कारण लाखौँ व्यक्ति आफ्नो बासस्थनाबाट भागेका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

अविरल वर्षाको कारण नदीहरुमा पानीको बहाब बढ्दा बाढी आएको हो । हजारौँ सैनिक र उद्धारकर्तालाई उद्वारका लागि खटाइएको थियो ।

उद्वारका लागि खटेका व्यक्तिको पनि सञ्चार माध्यमसँग सम्बन्ध विच्छेद भएको अधिकारीले जनाएका छन् ।

‘हामी हाल अत्यन्त गम्भीर अवस्थामा छौँ’ उपप्रधानमन्त्री तारो आसोले भन्नुभएको छ । उहाँले अझै पनि कैयौँ व्यक्ति हराएका छन् र नजिकैका पहाडमा पहिरो जानसक्नेजस्तो देखिएको छ, भन्नुभएको छ ।

पहाडी इलाकाहरु भत्किरहेका र डरलागदो अवस्था रहेको चेतावनी पनि उहाँले दिनुभएको छ । अझै पनि कैयौँ व्यक्ति वेपत्ता रहेको भन्दै उहाँले उद्वारकार्यमा पनि अत्यन्तै समस्या उत्पन्न भएको समेत उहाँले जानकारी दिनुभएको छ ।

गएको गत १२ घन्टायतादेखि दक्षिणीपश्चिमी जापानको चार वटा द्वीपमा रहेको क्युसुमा ५० सेन्टिमिटर भन्दाबढी वर्षा भएको त्यहाँको जलवायु विज्ञान विभागले जानकारी दिएको छ ।

बुधबार दिउँसोदेखि निरन्तर रहेको अविरल वर्षा शुक्रबारसम्म जारी रहने सो विभागले जानकारी दिएको छ ।

क्युसुको प्रभावित इलाकामा सात हजार पाँच सय प्रहरी र सैनिक उद्वारकर्ताको सहभागिता रहेको मन्त्रिपरिषदका प्रमुख प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । रासस/एएफपी

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.