वेलायतसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने ट्रम्पको योजना

वेलायतसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने ट्रम्पको योजना

ह्याम्बर्ग : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

उहाँको यो भ्रमण विवादास्पद भइरहेको थियो । उहाँ बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन ।

साथै उहाँले उक्त भ्रमणका क्रममा बेलायतसँग ब्यापारिक सम्झौता पनि गर्नुहुने समाचारमा जनाइएको छ ।

जर्मनीको ह्याम्बर्गमा जारी रहेको जी–२० को बैठकमा सहभागी हुन त्यहाँ रहनुभएका राष्ट्रपति राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर एञ्जिला मार्केलसँग शनिबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले सो जानकारी दिनुभएको हो ।

सो द्विपक्षीय वार्ताका क्रममा उहाँले भन्नुभयो ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने हो र त्यस क्रममा दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर गर्ने हो ।

उक्त सम्झौताले आगामी दिनमा अमेरिका र बेलायतका पक्षमा मात्र नभई यसबाट युरोपेली युनियनसँगको सम्बन्धमा पनि महत्वपूर्ण प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो ।

तर सो भ्रमणको समय कहिले हो भन्ने बारेमा भने उहाँले केही बताउनुभएन । उहाँले भन्नुभयो‘म बेलायतको भ्रमणमा जाँदैछु र दिन कुन हो भन्ने बारेमा अमेरिकाले काम गरिरहेको छ ।’

यसअघि सो भ्रमणको बारेमा अन्यौल रहेको थियो । पछिल्ला केही महिना यता बेलायतमा सानातिना आतङ्ककारी हमलाहरु भइरहेका छन् ।

ती हमलामा लन्डनका मेयरको क्षमताको प्रश्न राष्ट्रपति ट्रम्पले उठाउनुभएको छ । जसका कारण लन्डनबासी मुस्लिम नागरिकमा उहाँका विरुद्धमा आक्रोस जागेको देखिएको बताइएको थियो ।

त्यसै कारणले राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्न नचाहनुभएको प्रश्न गर्ने गरिएको थियो । तर उहाँको शनिबारको यो अभिव्यक्तिपछि भने भ्रमण निश्चित प्राय भएको बताइएको छ । रासस/एएफपी

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.