मिर्गौला प्रकरण : ‘चिकित्सकको बदनाम गर्न खोजियो'

मिर्गौला प्रकरण : ‘चिकित्सकको बदनाम गर्न खोजियो'

काठमाडौं : प्रस्तावित मनमोहन मेडिकल कलेज एवं शिक्षण अस्पतालका चिकित्सकले एक बिरामीको पत्थरी झिक्दा लापरवाहीपूर्ण तरिकाले मिर्गौला झिकेको र बेचविखन गरेको भन्दै प्रचारप्रसार हुन थालेपछि त्यससँग सम्बन्धित चिकित्सकहरूले संयुक्त रूपमा आपत्ति जनाएका छन् । आफैंले पत्थरीको शल्यक्रिया गरेर ‘डिस्चार्ज' गरेका नुवाकोट विदुरका शिवप्रसाद रिमाल उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै न्यायका लागि प्रहरी प्रशासन र सञ्चारमाध्यम धाउन थालेपछि युरोलोजिकल शल्यचिकित्सकहरूले संयुक्त रूपमा आपत्ति जनाएका हुन् ।

रिमालले आफ्नो पत्थरीको शल्यक्रिया गर्ने क्रममा चिकित्सकले मिर्गौला नै झिकिदिएको र गुपचुपमै आफ्नो परिवारसँग सम्झौता गरेको भन्दै न्यायका लागि प्रहरीसमक्ष पुगेको दाबी गर्दै आएका छन् । अस्पतालले भने रिमालको ज्यान बचाउन मिर्गौला झिक्नुपरेको र मानवीय दृष्टिले रिमाल र उहाँको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जिकिर गरेको छ ।

रिमालको शल्यक्रियामा संलग्न प्राडा गुणकुमार श्रेष्ठले कुनै गल्ती नगरे पनि अनावश्यक आरोप खेप्नुपर्दा उहाँ मानसिक रूपमा विछिप्त हुन पुगेको भन्दै नेपाल युरोलोजिकल शल्यचिकित्सक संघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष प्राडा विश्वराज जोशीले सामान्यतया यस्ता खालका शल्यक्रियामा हुन सक्ने जटिलता विश्वव्यापी मान्यताभित्रै पर्ने गरेको बताउनुभयो ।

रिमालको ज्यान बचाउन मिर्र्गाैैला झिक्नुपरेको र मानवीय दृष्टिले उहाँको परिवारलाई सहयोग गर्ने प्रतिवद्वता जनाएको अस्पतालको जिकिर । 

यस्ता घटनाको सत्यतथ्य बाहिर ल्याउन उजुरी दिए सरकारी निकायले छानबिन गर्न सक्ने र अदालतमा पनि मुद्दा दर्ता गर्न सक्ने कानुनी बाटो नखोजी बिरामी पक्षले चिकित्सकको बद्नाम गर्नु, संस्थालाई धम्की दिनु व्यक्तिको चरित्रहत्या गर्नु र गैरकानुनी उपाय अवलम्बन गर्न खोज्नुलाई कुनै हालतमा स्वीकार्य नहुने संघको भनाइ छ ।

संघले डा. श्रेष्ठले गल्ती गरेको ठहरिए त्यसको सजाय भोग्नुपर्छ भन्ने मान्यता पनि आफ्नो रहेको बताएको छ । घटनाको अनुसन्धान नै नगरी अनुभवी विशेषज्ञ चिकित्सकको चरित्रहत्या गर्ने, आधारहीन आरोप लगाउने र मानसिक रूपमा तनाव दिने काम भएको भन्दै संघले आपत्ति जनाएको छ । साथै, संघले अस्पतालमा हुने यस्ता घटनापछि कानुनी उपचार नखोजी, अस्पताल र बिरामी पक्षबीच विगतमा गरिएको सम्झौताले यस विषयमा झन् जटिल उत्पन्न गरेको संघले ठहर गरेको छ ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल अत्यधिक कोख दुखेको अवस्थामा जेठ २२ गते उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । चिकित्सकका अनुसार स्वास्थ्य जाँचका क्रममा रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँ मिर्गौला भने मुत्रथैली नजिकै (सामान्य अवस्थाभन्दा फरक स्थानमा ) रहेको पाइएको थियो । त्यस्तो अवस्थामा शल्यक्रिया गर्दा जटिलता आउन सक्नेबारे बिरामी पक्षलाई जानकारी गराएको थियो ।

शल्यक्रियाका क्रममा आन्द्रासँग पनि मिर्गौला टाँसिएको पाइयो र उक्त मिर्गौलाको पत्थरी निकाल्दा रक्तस्राव हुन थालेकाले रिमाललाई बचाउन मिर्गौला नै झिक्नुपरेको अस्पतालको भनाइ छ । उहाँको जेठ २५ गते शल्यक्रिया भएको थियो ।

रिमाल र अस्पतालबीच शल्यक्रिया गर्दा मिर्गौला झिकेकाले नकारात्मक प्रभावबाट बचाउन रिमाललाई निःशुल्क उपचार गर्ने, उहाँलाई रोजगारी दिने, पछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आए त्यसमा सहयोग गरिदिनेलगायत ६ बुँदे सम्झौता भएपछि रिमाल घर फर्कनुभएको थियो । सम्झौतासँगै सेलाएको घटनालाई अचानक आफूलाई अन्याय भएको भन्दै रिमालले ५० लाख क्षतिपूर्तिको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.