आठ महिनापछि दोस्रो कलेजो प्रत्यारोपण

आठ महिनापछि दोस्रो कलेजो प्रत्यारोपण

भक्तपुर : भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले करिब आठ महिनापछि दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ। यससँगै केन्द्रले चिकित्सा विधामै अत्यन्तै जटिल मानिएको कलेजो प्रत्यारोपण प्रत्येक महिनामा एउटा गर्ने भएको हो।

काठमाडौंको लगन बस्ने ५७ वर्षीय हीराकाजी महर्जनको ११ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो।

‘यो सफलतापछि अब कम्तीमा महिनाको एकपटक कलेजो प्रत्यारोपण गर्ने योजना बनाएका छौं’, उहाँले भन्नुभयो। उहाँका अनुसार महर्जनलाई छोरी सरिताले कलेजो दान दिनुभएको हो। जुन कलेजो गएको असार १८ गते सफल प्रत्यारोपण गरिएको हो।

‘करिब ३० जना चिकित्सक तथा नर्सहरुको टोलीबाट सफल कलेजो प्रत्यारोपण भएको हो’, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘कलेजो प्रत्यारोपण विशेषज्ञ, सल्यचिकित्सक तथा प्राध्यापक डा. सुभास गुप्ताको सहयोगमा दोस्रोपटक सफल कलेजो प्रत्यारोपण भएको हो।’

उहाँका अनुसार डा. गुप्ता भारतको नयाँदिल्लीस्थित म्याक्स हेल्थकेयरका लिभर तथा बिलाइरी साइन्सेसका प्रमुख हुनुहुन्छ। डा. गुप्ताको नेतृत्वमा भारतका १० जना प्राविधिकहरुको टोली प्रत्यारोपणमा संलग्न रहेको थियो।
नेपाली टोलीको नेतृत्व भने केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले नै गर्नुभएको थियो।

नेपाली टोलीमा केन्द्रका डा. सुबोध अधिकारी, डा. क्षेतेन योञ्जन तामाङ, डा. प्रवीण जोशी, डा. आरती राई, डा. किरण अधिकारी, डा. महालक्ष्मी देउजा, डा. दीपेश गुरुवाचार्य, डा. निरज जोशी, डा. सुवास आचार्यलगायत संलग्न हुनुभएको केन्द्रले जनाएको छ।
केन्द्रले गएको मंसिर २२ गते नेपालमै पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरेको थियो। उक्त प्रत्यारोपणमा दक्षिण कोरियाली कलेजो प्रत्यारोपण विशेषज्ञको टोलीले प्राविधिक सहयोगमा गरेको थियो।

केन्द्रका कन्सल्टेन्ट फिजिसियन तथा पेटरोग÷कलेजो रोग विशेषज्ञ डा. निरज जोशीले नेपालमा हरेक वर्ष एक हजारभन्दा बढीको कलेजो फेल भएको पाइएको बताउनुभयो।

‘अध्ययनअनुसार नेपालमा करिब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिन्छ’, डा. जोशी भन्नुहुन्छ, ‘यसमध्ये करिब १० हजार जनामा कलेजोसम्बन्धी गम्भीर रोग लागेको (कलेजो फेल) अनुमान छ।’ त्यस्तै अर्का कलेजो प्रत्यारोपण विशेषज्ञ डा. रोशन श्रेष्ठले अधिक मदिरा सेवन गर्दा कलेजो फेल हुनसक्ने बताउनुभयो।

कलेजो प्रत्यारोपण महंगो मानिन्छ। सुरुमा नेपालमै करिब २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण गरिन्थ्यो। भारत तथा अन्य विकसित देशहरुमा भने कलेजो प्रत्यारोपण गर्न एक करोडदेखि डेढ करोडसम्म खर्च लाग्ने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.