नमुना बन्दै ट्रमा सेन्टरको स्पाइन सेवा

नमुना बन्दै ट्रमा सेन्टरको स्पाइन सेवा

काठमाडौं : घाँस काट्दा रूखबाट खसेर गम्भीर घाइते बनेकी रुकुमकी सीता बुढामगरले जीवनप्रति आशा मारिसक्नुभएको थियो । दुर्गम ठाउँ, जिल्ला अस्पताल जानै घन्टौं लाग्ने ।छिमेकीको सहयोगमा उहाँलाई उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर ल्याइयो । सेन्टरको 'स्पाइन युनिट' मा भर्ना गरेको केही दिनमै चिकित्सकले उहाँको भाँचिएको मेरुदण्डको शल्यक्रिया गरे । शल्यक्रियाको एक सातापछि उहाँ उभिनसक्ने हुनुभएको छ । 'मैले त जीवनप्रति नै आस मारिसकेकी थिएँ तर यहाँ आएर उपचार गरेपछि निको भएँ,' सीताले अन्नपूर्णसँग भन्नुभयो ।

ट्रमा सेन्टरको 'स्पाइन युनिट' मा पुग्दा यस्तो भाव नगर्ने सायदै बिरामी भेटिन्छन् । ट्रमाले दुर्घटना, चोटपटक र विभिन्न संक्रमणका कारण मेरुदण्डसँग सम्बन्धित समस्या बोकेर आएका बिरामीलाई सस्तो मूल्यमा उपचार सेवा दिइरहेको छ । र, नयाँ जीवन लिएर जाने र उपचारका लागि आउने बिरामीको संख्या बढ्दै छ । कारण हो, युनिटको सही नेतृत्व, दक्ष चिकित्सक, अत्याधुनिक उपकरण तथा पूर्वाधारको समुचित व्यवस्था, चुस्त व्यवस्थापन अनि चिकित्सकमा केही गर्छु भन्ने अठोट ।

ढाडमा नसा च्यापिएकी धरान-६ की यशोधा चौधरीले सात वर्षसम्म औषधि, थेरापी, झारफुकलगायत अनेकौं विधिको सहारा लिनुभयो । धरानका दर्जनौं निजी अस्पताल धाउँदा पैसा मात्रै सकियो । छोराछोरीको सहयोगमा उहाँ उक्त युनिट आइपुग्दा नयाँ जीवन पाउनुभएको छ । 'जीवनदेखि हार खाएको थिएँ । उपचार गर्दागर्दै १४ लाख सकिसकेको थियो । यहाँ अप्रेसनका लागि थोरै पैसा तिर्नुपर्‍यो तर जीवन बाँच्यो,' मेरुदण्डको शल्यक्रियापछि चिकित्सकको निगरानीमा रहेकी चौधरीले भन्नुभयो । सीता र यशोदा मात्र नभई सेन्टरमा सयौं अन्य बिरामी नयाँ जीवन पाएर फर्किएका छन् ।

स्पाइनल युनिटमा मेरुदण्डमा चोटपटक लागेका, विभिन्न रोगका कारण संक्रमण फैलिएका, नसा च्यापिएका, क्यान्सर भएका वा ढाड बांगिएका बिरामीको उपचार भइरहेको छ ।

उक्त युनिटमा हरेक प्रकारका 'स्पाइन इन्जुरी' को उपचार भइरहेको छ । अस्पतालका स्पाइन सर्जन डा. गौरवराज ढकालका अनुसार साढे एक वर्षमा एक ६० वटा जटिल शल्यक्रिया भएका छन् । प्राय: सरकारी अस्पतालका चिकित्सकप्रति बिरामीको गुनासो हुन्छ समय धेरै नपाएकोमा । युनिटमा नियमित रूपमा सातामा ५ वटासम्म शल्यक्रिया भइरहेको छ ।

दक्षिण एसियामै नमुना बनाउने कसरत

चिकित्सकहरू यो युनिटलाई दक्षिण एसियामै नमुना बनाउने कसरतमा जुटेका छन् । त्यसैले नेपालमै पहिलोपटक बिरामीलाई खतराबाट जोगाउन 'इपाइन न्युरो मनिटरिङ' भित्र्याइएको छ । शल्यक्रिया गर्ने अर्को महŒवपूर्ण उपकरण 'दुरपिन इपाइन' ल्याउने तयारीमा युनिट छ । युनिटमा 'होल इस्पाइन एक्सरे मेसिन' को माध्यमबाट मेरुदण्डको पूरै भागको एक्सरे हुन्छ । डा. ढकालका अनुसार जटिल बिरामीको उपचारका लागि 'स्पाइन नाभिगेसन सिस्टम' जडान गर्ने तयारीमा पनि युनिट छ ।

दुर्घटनामा परी मेरुदण्डमा चोटपटक लागेका, विभिन्न रोगका कारण संक्रमण फैलिएका, नसा च्यापिएका, क्यान्सर भएका वा ढाड बांगिएका बिरामीको ट्रमामा शल्यक्रिया भइरहेको छ । 'सोमबार र बिहीबार ओपीडी चलिरहेको छ । स्पाइनलमा समस्या भएका बिरामीले सेन्टरमा धेरै कुर्नु पर्दैन । कि त नियमित सेवामार्फत उपचार हुन्छ वा सरकारको विस्तारित कार्यक्रमअन्तर्गत उपचार हुन्छ । बिरामीलाई कुर्नु नपरोस् र स्तरीय सेवा मिलोस् भन्ने उद्देश्य हाम्रो हो,' युनिट प्रमुख अर्थोपेडिक डा. गणेश गुरुङले भन्नुभयो ।


निजी अस्पतालबाटै पठाइन्छ बिरामी

युनिटमा भर्ना हुने बिरामी अधिकांश निजी अस्पतालले विभिन्न कारणले रेफर गरेका हुन्छन् । कोही पैसा सकिएर पनि रोग निको नभएपछि निजी अस्पतालबाट जबर्जस्त डिस्चार्ज भएर आउने गरेका छन् । कसैलाई जटिलता थपिएपछि अस्पतालले रेफर गरेका छन् । कतिपय बिरामी ट्रमा सेन्टरमा राम्रो हुने भन्दै आफैँ आउने गरेका छन् । 'सपोर्ट स्टिम छ, अग्रज र साथीबाट पनि सहयोग छ । यो कायम भयो भने साउथ एसियामै नमुना बनाउने उद्देश्य छ,' डा. ढकालले भन्नुभयो ।

पर्याप्त जनशक्ति

यो युनिटमा पर्याप्त 'फुल टाइम' चिकित्सक छन् । युनिट चिफ डा. गणेश गुरुङ, इपान्न सर्जन डा. गौरव ढकाल, अर्थोपेडिक सर्जन डा. विकास केसीलगायत आठ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । २० जनाभन्दा बढी रेजिडेन्ट डाक्टरको सहयोग छ । १५ वटै शड्ढया बिरामीले भरिएका छन् । एउटा शड्ढयाको एक हजारदेखि दुई हजारसम्म शुल्क छ । शल्यक्रिया शुल्क २५ सय छ । इम्प्लान्टका लागि भने बिरामीले महँगो शुल्क तिर्नुपर्छ तर त्यो पनि निजी अस्पतालको भन्दा सस्तो छ ।

स्पाइनल युनिटका विशेषता :
- शय्या शुल्क १ सय देखि २ सयसम्म 
- शल्यक्रिया शुल्क २५ सय
- आठ जना विशेषज्ञ डाक्टर
- २० जनाभन्दा बढी रेजिडेन्ट डाक्टर
- १५ वटा शड्ढया

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.