सन अभियानमा सिकाइ आदानप्रदान कार्यक्रम

सन अभियानमा सिकाइ आदानप्रदान कार्यक्रम

काठमाडौं : पोषणका लागि नागरिक समाज सञ्जाल (सिसान) ले सन अभियानमा आबद्ध एसिया क्षेत्रका नागरिक समाजबीच सिकाइ आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम सोमबारबाट सुरु भई बिहीबारसम्म चल्नेछ ।

पोषण क्षेत्रमा आबद्ध गैरसरकारी संस्थाले नेपालमा देखिएको पोषणसम्बद्ध समस्या नियन्त्रण र न्यूनीकरणका लागि नागरिक समाजको तर्फबाट आवश्यक वकालत गर्दै आएको छ । संस्थाका अनुसार अहिले विश्वले नै कुषोषण नियन्त्रण तथा न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । संयुक्त राष्ट्रसंघले नै सन् २०१६ देखि २०२६ को दश वर्षलाई ‘पोषण दशकको' रूपमा अगाडि सारेको छ ।

त्यसैगरी, पोषणको स्तरोन्नतिका लागि संयुक्त राष्ट्रसंघले एक सय ५९ वटा मुलुकमा ‘स्कलिङ अप न्युट्रिसन (सन)' अभियान सञ्चालन गरिरहेको छ । सन् २००९ बाट सञ्चालित सन अभियान पहिलो चरण समाप्त भई दोस्रो चरणमा प्रवेश गरेको छ । सन अभियानमार्फत पोषण सुधार, गरिबी तथा भोकमरीको अन्त्य, बालमृत्यु दरमा नियन्त्रण, मातृ स्वास्थ्यमा सुधारलगायत कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

यसरी एसियाली मुलुक कुपोषणसम्बद्ध समस्याबाट निकै प्रताडित भइरहेको सन्दर्भमा सन अभियानमा आबद्ध एसियाका विभिन्न मुलुकबीच पोषणसम्बद्ध सिकाइ आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । कार्यक्रममा नेपालसहित बंगलादेश, कम्पोडियो, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, किर्किस्तान र पाकिस्तान गरी नौ देश सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.