सोराइसिस के हो ?

सोराइसिस के हो ?

सोराइसिस एक प्रकारको अटोइम्युन डिसअर्डर हो । यस रोगमा शरीरको रक्षा प्रणाली नै शरीरका विरुद्ध काम गर्न थाल्छ । आधुनिक चिकित्सामा यसको भरपर्दो उपचार छैन । यो रोग एक असंक्रामक दीर्घकालीन (क्रोनिक) छाला रोग हो । सामान्यतया यो अति मन्द स्थितिको हुन्छ ।

विस्तारैविस्तारै एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जान्छ । यसका कारण छालामा रातो-रातो खस्रो, बाक्लो गोलो दाग बन्दै जान्छ । यो दीर्घकालीन छाला विकार हो । यसको लक्षण वर्षौंवर्ष रहन्छ । जीवनभरि नै यसका लक्षणहरू आउने जाने भइरहन्छन् । यो रोग महिला, पुरुष दुवैमा समान रूपले हुन सक्छ।

कारण : सोराइसिस रोगको कारण यही हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । अझैसम्म पनि यसको कारण अज्ञात छ । भनिन्छ, यो रोग शरीरको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित छ । चिकित्साविद्हरूका अनुसार निम्न कुरालाई यसको कारण मान्न सकिन्छ ।
- शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
- अन्तस्रावी ग्रन्थीमा गडबडी हुनु
- छाला अत्यन्त संवेदनशील हुनु
- चर्को घामले छाला डढ्नु
- खानपानको राम्रो सन्तुलन नहुनु
- एलर्जीको समस्या हुनु
- मानसिक तनाव हुनु
-वंशानुगत पूर्ववृत्ति

लक्षण :
- छालामा पहिला रातोरातो
- गोलो फुस्रो दाग जस्तो देखिन्छ
- दाग सेतो पाप्रोले ढाकेको हुन्छ
- नङले कोट्याउँदा सेतो पाप्रो झर्छ
- दाग भएको ठाउँमा रगत पनि आउँछ
- दाग बढ्दै जान्छ
- चिलाउनुका साथै जलन पनि हुन्छ

हत्केला र खुट्टाको पैतालालाई छोडेर बाँकी शरीरको जुनसुकै भागमा यो हुन सक्छ । यो प्राय:जसो हात तथा खुट्टाको पछाडिपट्टिको भाग, कुहिनो, कानको पछाडि, गर्धन, टाउँको, घुडाँको छेउछाउबाट सुरु हुन्छ । पछि विस्तारै मन्द गति बढ्दै जान्छ । एक दिन पूरै शरीरमा फैलिएर जान्छ । कहिलेकाहीँ चिलाउँछ पनि । यस रोगबाट प्रभावित भएको भाग प्राय: सुक्खा हुन्छ । सुरुको अवस्थामा चाया सम्झेर धेरैले वास्ता गर्दैनन् ।
के यो सरुवा रोग हो : सोराइसिस छालाको जटिल समस्या हो । यो संक्रामक रोग होइन । रोगीको छालालाई छँुदैमा यो रोग सर्दैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो समस्या लामो समयसम्म रहिरहने हुनाले व्यक्तिको शारीरिक सौन्दर्यलाई भने बिगार्न सक्छ । लामो समयसम्म उपचार गराउँदा पनि निको नहुदाँ सोराइसिसको रोगी मानसिक रूपले हतास, निराश भई डिप्रेसनमा जान सक्छ ।

रोकथाम
- छालालाई चर्को घामबाट बचाउने
- घाममा निस्किन सीमित गर्ने
- मद्यपान तथा धूमपान नगर्ने ।
- स्थितिलाई अझ बिगार्ने किसिमले जे पायो त्यही औषधि लगाउने वा सेवन नगर्ने
- तनाव नियन्त्रणमा राख्ने
- सफाइमा ध्यान दिने ।
- छालामा कुनै प्रकार चोटपटक वा स्क्रेच नहोस् भन्नेमा ध्यान दिने
- छालाको सम्पर्कमा रहँदा पनि हानी नपुर्‍याउने लुगा लगाउने

उपचार : समस्याको उचित सामाधानका लागि एलोप्याथिक उपचारभन्दा खानपिनमा सुधार गर्दै अन्य वैकल्पिक चिकित्साअन्तर्गतको प्राकृतिक चिकित्सा, आयुर्वेदिक, होमियोप्याथी, युनानीको उपचारमा जानु बुद्धिमानी ठानिन्छ । आधुनिक चिकित्सामा यसको भरपर्दो उपचार छैन ।

सोराइसिस छालाको जटिल समस्या हो । यो धेरै गहिरो किसिमको रोग हो । अनेकौं उपचार गर्दा पनि ठीक हुन गाह्रो हुन्छ । सोराइसिसको रोगी उपचारका क्रममा लामो समय खर्चिंदा पनि आफूले सोचेजस्तो परिणाम नपाउँदा मानसिक रूपले एकदमै हतास हुन्छ ।

खानपिन : कुनै पनि रोगको उपचारमा खानपानले पनि महत्ववपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । समयअनुसारको उचित खानपिन गर्नु रोगलाई निको पार्नमा सहायक भूमिका निभाउनु हो । खानामा हरियो सागपात, काउली, बन्दा, प्याज, च्याउ, पालुंगो, गोलभेँडा समावेश गर्नुपर्छ । सिजनअनुसारका फलफूल आँप, मेवा, स्याउँ, सुन्तला, मौसमी खानुपर्छ । सलादमा चुकुन्दर, गाँजर, काँक्रो, ब्रोकाउली आदि लिन सकिन्छ ।

निषेध : यो समस्याबाट पीडितले मैदा, चिनी, चिया, कफी, रक्सी, धूमपान, फास्टफुड आदि सेवन भरसक गर्नु हुँदैन ।
होमियोप्याथिक उपचार: प्रायजसो सबैलाई थाहा, होमियोप्याथीमा कुनै पनि रोगलाई जरैबाट निर्मूल गर्ने क्षमता छ भनेर । होमियोप्याथीमा रोगको भन्दा रोगीको उपचार गरिन्छ । रोगीसँग उसको जीवनसँग सम्बन्धित सबै कुरा सोध्ने गरिन्छ । त्यसपछि मात्र उचित औषधि चयन गरिन्छ । रोगीको केश हिस्ट्री लिँदा एक ढेड घन्टा लाग्न सक्छ । होमियोप्याथीमा सोराइसिसको उपचार सम्भव छ । असाध्य रोग मानिने यो छालाको रोगको उपचारमा दुईदेखि तीन वर्ष समय लाग्छ । उपचारपछि फेरि रोग बल्झिने सम्भावना कमै रहन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.