पूर्वराजाको ‘एन्जियोप्लास्टी'

पूर्वराजाको ‘एन्जियोप्लास्टी'

काठमाडौं :  मुटुमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको बुधबार राजधानीस्थित नर्भिक अस्पतालमा ‘एन्जियोप्लास्टी' गरिएको छ । चिकित्सकको सुझावमा ‘एन्जियोग्राफी' गराउन आएका उहाँको मुटुमा रगत पुर्‍याउने धमनीमा खराबी देखा परेपछि बुधबार नै एन्जियोप्लास्टी गरिएको हो ।

नर्भिकका चिकित्सकले उहाँको मुटुमा रगत पुर्‍याउने धमनीमा सिर्जना भएको अवरोध हटाएका छन् । हृदयाघात भइसकेका ज्ञानेन्द्रपत्नी कोमलसँगै गत साता नियमित स्वास्थ्य परीक्षणका लागि नर्भिक पुग्नुभएको थियो । स्वास्थ्य परीक्षणमा कोमलको सम्पूर्ण ‘रिपोर्ट' सामान्य आए पनि ज्ञानेन्द्रको मुटुमा रगत पुर्‍याउने धमनीमा अवरोध भएको देखिएको थियो ।

चिकित्सकले ज्ञानेन्द्रलाई बुधबार ‘एन्जियोग्राफी' गर्न सल्लाह दिएका थिए । ‘एन्जियोग्राफी मुटुमा ब्लकेज देखियो भने त्यही बेला नै ‘एन्जियोप्लास्टी' गर्नुहोला । म यहीँ उपचार गराउन चाहन्छु,' ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै उहाँको उपचारको नेतृत्व गर्नुभएका अस्पतालका कार्डियोलोजिस्ट डा.यादव भट्टले भन्नुभयो, ‘त्यसपछि हामीलाई एन्जियोप्लास्टी गर्न हौसला मिल्यो ।'

दुई साताअघि मात्र ७१ वर्षमा प्रवेश गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र बुधबार बिहान ९ बजे परिवारसहित अस्पताल पुग्नुभएको थियो । एन्जियोग्राफीपछि चिकित्सकले ‘तपार्इं यहीँ उपचार गराउन चाहनुहुन्छ कि विदेश' भन्ने प्रश्न ज्ञानेन्द्रलाई गरेका थिए । ज्ञानेन्द्रबाट यहीँ नै गराउने जवाफ आएपछि चिकित्सकले करिब ४५ मिनेटमा उहाँको ‘एन्जियोप्लास्टी' गरेका हुन् ।

‘एन्जियोप्लास्टी' पछि ज्ञानेन्द्रलाई आईसीयूकै सुविधा भएको ‘क्याबिन' मा राखिएको छ । उहाँमा कुनै पनि जटिलता नआएको र खानासमेत खान थालेको डा. यादवले बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्र समयमै नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुग्दा हृदयाघातको जोखिमबाट उम्कनुभएको छ । चार वर्षअघि हृदयाघात भएपछि सोही अस्पतालमा डा.यादवको नेतृत्वमा ‘एन्जियोप्लास्टी' गर्नुभएका उहाँ यसपालि समयमै स्वास्थ्य जाँच गर्न पुग्दा त्यसबाट जोगिनुभएको हो।

‘अलि ढिलो आएको भए उहाँलाई हृदयाघात हुने सम्भावना धेरै थियो तर उहाँ लक्षण देखिनुभन्दा पहिले नै अस्पताल आउनुभयो,' डा. यादवले भन्नुभयो, ‘त्यसले गर्दा उहाँ हृदयाघातको जोखिमबाट हाललाई मुक्त हुनुभएको छ ।' राप्रपा बैठकले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.