अस्तव्यवस्त क्षेत्रीय आयुर्वेद अस्पताल

अस्तव्यवस्त क्षेत्रीय आयुर्वेद अस्पताल

दाङ : दाङमा रहेको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालय अस्तव्यवस्तताको सिकार बन्दै गएको छ । अस्पताल विकास समिति र अस्पताल प्रशासन वीच समन्वय हुन नसक्दा यस्तो अवस्था आएको हो । चिकित्सालय प्रमुख र कर्मचारीहरुले अस्पताल विकास समितिलाई बेवास्ता गरी आ–आफ्नै ढँगले अगाडि बढदा त्यसको असर चिकित्सा सेवामै पर्न थालेको छ ।
बाहिरी रुप हेर्दा सफा र सुन्दर देखिए पनि चिकित्सालयको भित्रि रुप अर्कै छ । अस्पताल भित्र जताततै फोहर छ भने उपचारका लागि आउने विरामीहरु त्यही फोहर भुईँ मै वस्न बाध्य छन् । अझ अस्पतालको शौचालय भित्र पस्न सक्ने अवस्था नै छैन । “नजिकमा भएको यही एउटा अस्पताल हो, जस्तो भएपनि यहाँ नआई सुख्ख छैन । यहाँ नआए कि तुलसीपुर, कि घोराही जानु पर्छ, वर्षातको मौसममा अलि गह्रो हुन्छ”, एक स्थानियले भने ।
चिकित्सालयमा सेवा लिन आउने बिरामीहरु दिन प्रतिदिन घट्दैछन् । अस्पताल भवन जिर्ण हुदै गएको छ । भवन मर्मत गरिएको भनिए पनि रंग रोगन मात्र गर्ने गरेको कर्मचारीहरु वताउँछन ।
अस्पतालमा एक्सरे मेसिन भए पनि प्राविधिकको अभावमा संचालनमा छैन । भिडियो एक्सरे सेवा पनि भर्ना भएका विरामीहरुको लागि दिने गरिएको छ ।
कर्मचारी र चिकित्सालय प्रमुख विचको असमझदारीका कारण खरिद गरिएका ईन्भरटर, कुर्सी र पञ्चकर्मका सामग्री लामो समय वितिसक्दासम्म स्टोरमा दाखिला भएको छैन ।
यस्तै अस्तव्यस्तका बीच चिकित्सालय प्रमुख डाक्टर ठाकुर दवाडी काजमा स्वास्थ्य विभाग गएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि काजमा जाँदा पनि डा. दवाडीले कार्यालयको चाँवी समेत नदिई आफै संग लिएर गएको निमित्त प्रमुख डा. गोकर्ण दाहालले वताए ।
आफूले निमित्त पाए पनि आर्थिक अधिकार नपाउँदा अस्पताल संचालनमा कठिनाई उत्पन्न भएको डा. दाहालको भनाई छ ।
कमिशनको खेलमा एउटा जेनेटर हुँदा हुँदै आवश्यकता भन्दा ठूलो क्षमताको जेनेटर खरिद गरिएको पाईएको छ ।
यस्तो लथालिँग हुदाँ पनि अस्पताल विकास समितिले भने केहि पनि गर्न सकेको छैन । आफू विकास समितिको अध्यक्ष भएको पाँच महिनासम्म एउटा पनि बैठक नबोलाएर चिकित्सालय प्रमुखले आफूलाई काम गर्नै नदिएको अध्यक्ष प्राध्यापक भैरब मजगैयाँ वताउछन् ।
चिकित्सालय कति सम्म अस्त व्यस्त भएको छ भने पिउने पानीका लागि बोरिङ गरेको महिनौ वितिसक्दा समेत परिक्षण नभएकै कारण अस्पतालका चिकित्सक एवं कर्मचारीहरु ईनारको पानी पिउन बाध्य छन् ।
अस्पताल विकास समिति र अस्पताल प्रशासन विचको वेमेल र व्यक्तिगत ईगोका कारण अस्पतालको अवस्था खस्किएको यहाँका जानकारहरु वताउँछन । यस्तै अवस्था रहि रहे क्षेत्रिय आयुर्वेद चिकित्सालयको अस्तित्व जोगाउन समेत गाह्रो हुने देखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.