तस्करी रोक्न पहिलो पटक सीमा नाकामा सीसी क्यामेरा

तस्करी रोक्न पहिलो पटक सीमा नाकामा सीसी क्यामेरा

वीरगन्ज : वीरगन्जको इनर्वा नाकापछि सबै भन्दा बढी तस्करीको कारोबार हुँदै आएको भारतसंग सीमा जोडिएको पर्साको ग्रामीण भिस्वा नाकामा तस्करी रोक्नकै लागि प्रहरीले सीसी क्यामेरा जडान गरेको छ।

छिपहरमाई गाउँपालिकाको भिस्वामा दशगजा नजिकैको नाका, प्रहरी चौकी भिस्वा अगाडि र भिस्वा बजारमा गरी तीन स्थानमा गत बुधबारदेखि सीसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

छिपहरमाई गाउँपालिका कार्यालयको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय पर्साको पहलमा भिस्वा नाकामा तीन वटा क्यामेरा जडान गरिएको जोशीले बताए।

छिपहरमाई गाउँपालिका कार्यालयले एक लाख ५० हजार रुपैयाँको लगानीमा क्यामेरा जडान गरिएको हो। सीमा क्षेत्रका गतिविधिका दृश्य अवलोकनका लागि प्रहरी कार्यालय भिस्वामा कम्युटर जडान गरिएको छ।

पर्साको ग्रामीण भेगको छोटी भन्सारको रुपमा रहेको भिस्वा नाकाबाट मालसामानको चोरी निकासी बढेको र त्यसमा स्थानीय प्रहरीको पनि मिलोमतो रहेको गुनासो आएपछि सीसी क्यामेरा जडान गरिएको उनले बताए।

सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप, सवारी सधान र व्याक्तिको अनुगमन गर्न पनि सीसी क्यामेरा जडान गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

अहिले पहिलो चरणमा भिस्वा नाकामा क्यामेरा जडान गरेका छौं’, उनले भने ,‘अन्य नाकामा पनि जडान गर्ने सोच छ, स्रोत साधन जुटाएर अरु नाकामा पनि निकट भविष्यमै जडान गर्छौ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.