अपराध नियन्त्रणमा अब भीएमएस सीसीटीभी

अपराध नियन्त्रणमा अब भीएमएस सीसीटीभी

काठमाडौं : अपराध नियन्त्रण तथा अनुसन्धानका लागि काठमाडौं उपत्यकामा अत्याधुनिक सीसीटीभी प्रविधि लागू गरिने भएको छ। भिडियो म्यानेजमेन्ट सफ्टवेयर (भीएमएस)जडित सीसीटीभीले फरार अभियुक्त तथा अपराधी नियन्त्रणमा सहयोग पुग्ने महानगरीय प्रहरी प्रमुख एआईजी बमबहादुर भण्डारीले बताएका छन्।

‘यस्तो सफ्टवेयरमा अभियुक्तको फोटो राखिन्छ। यो सफ्टवेयरसँग जोडिएका सीसीटीभीमा ती अभियुक्त देखिए सीसीटीभीले डिटेक्ट गरेर सूचना दिनेछ', एआईजी भण्डारीले भने, ‘त्यसपछि अभियुक्त तथा अपराधी पक्राउ गर्न सहयोग हुनेछ।' उक्त सफ्टवेयर रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको कमान्ड सेन्टरमा राखिनेछ।

महानगरीय प्रहरी कार्यालयले वर्षभरि उपत्यकामा भएका अपराधको संख्या र ट्रेन्ड विश्लेषण सार्वजनिक गर्न यसै साता आयोजना गरेको कार्यक्रममा भण्डारीले यसबारे जानकारी गराएका थिए। फरार अभियुक्त र अपराधीको संख्या हजारौं रहेको देखिन्छ।

भीएमएस सफ्टवेयर चाँडै आयात गरिने भएको छ। ‘हामीले यस विषयमा प्रहरी प्रधान कार्यालयलाई पनि जानकारी गराएका छौं। यो प्रविधि भित्र्याउने विषयमा प्राविधिकसँग पनि छलफल भइरहेको छ। यो सफ्टवेयर ल्याएपछि उपत्यकामा अपराध अनुसन्धानमा सहयोग पुग्नेछ', उनले भने। सहरी क्षेत्रमा जडित सीसीटीभी यो सफ्टवेयरको सञ्जालमा हुनेछन्।

महानगरीय प्रहरीले उपत्यका प्रवेश गर्ने विभिन्न नाकामा सीसीटीभी राखी त्यसको प्रत्यक्ष अनुगमन सुरु गरिसकेको छ। यसले अपराध गरेर उपत्यकाबाट उम्कन खोज्ने अभियुक्तको अनुसन्धानमा सहयोग पुग्ने विश्वास महानगरीय प्रहरीको छ। तीनपिप्ले, फर्पिङ, जगाती र नागढुंगा नाकामा सीसीटीभी जोडिएका छन्। नाकामा राखिएका सीसीटीभीको स्थानीय प्रहरी वृत्तले अनुगमन गर्नेछन्।

हाल उपत्यकाका चारै नाकासहित चार सय २० वटा सीसीटीभी जोडिएको महानगरीय प्रहरी कार्यालयका डीएसपी नरेशमान श्रेष्ठले जानकारी दिए। ‘सीसीटीभीको नियमित मर्मतसम्भार पनि भइरहेको हुन्छ', डीएसपी श्रेष्ठले भने। चक्रपथबाहिर नारायणथान, बौद्धलगायत क्षेत्र पनि महानगरीय प्रहरी कार्यालयको सीसीटीभी निगरानीमा छन्।

आधाभन्दा बढी झुटो बोल्छन्
अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन नेपाल प्रहरीले केही वर्षअघि पोलिग्राफ प्रविधि भित्र्याएको थियो। पोलिग्राफले कुनै पनि अभियुक्तले बोलेको कुरा झुटो कि साँचो हो भन्ने पत्ता लगाउँछ। महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा काठमाडौं उपत्यकाभित्र १२३ अभियुक्तको पोलिग्राफ परीक्षण गरिएको थिया, जसमा ६४ जनाले बोलेको कुरा झुटो पाइएको थियो। ३८ जना अभियुक्तले साँचो बोलेका थिए। परीक्षणमा सहभागी २१ जनाको विषयमा भने प्रहरीले ठोस राय दिन सकेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.