'सरकार सर्पदंश उपचार केन्द्रमा भ्यान्टिलेटर सहितको बिशेषज्ञ सेवा देउ'

'सरकार सर्पदंश उपचार केन्द्रमा भ्यान्टिलेटर सहितको बिशेषज्ञ सेवा देउ'

बर्दिबास : सरकार सर्पदंश उपचार केन्द्रमा भ्यान्टिलेटरसहितको बिशेषज्ञ सेवा दे’ भन्दै महोत्तरी बर्दिबासका स्थानीयहरु आन्दोलित भएका छन् ।

सातामै एकै गाउँका तीन जनाको सर्पको टोकाईबाट मृत्यु भएपछि बर्दिवासमा भ्यान्टेलेटरसहितको सर्पदशं उपचार केन्द्रको स्थानीयले माग गरेका हुन् ।

बर्दिबासस्थित देउराली माध्यमिक विद्यालयका अध्यक्ष राजु खड्काको अध्यक्षतामा ११ सदस्य सर्पदंश उपचार डेलिगेसन समिति गठन गरेर सरकारको ढोका ढ्कढ्काउन स्थानीय काठमाण्डौं पुग्ने भएका छन्।

शुक्रबार डेलिगेसन समितिको बसेको बैठकले बर्दिबासको गौरीडाँडामा रहेको सर्पदंश केन्द्रमा उपकरण र विशेषज्ञको टोलीसहितको उपचार सेवा पाउनुपर्ने माग गरेका छन् ।

शनिबार काठमौडौं पुगेर स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेललाई भेटेर सर्पदंश केन्द्र वर्दिवासमा भ्यान्टीलेटरसहितको उपकरण र विशेषज्ञको टोलीसहितको उपचार सेवाको व्यवस्था गर्नुपर्ने मागबारे जानकारी गराउने संर्घष समितिका संयोजक खडकाले जानकारी दिए ।

भ्यान्टिलेटर सहितको उपचार सेवाकै अभावमा बर्दिवास नगरपालिका १ की १९ वर्षीया रवीना गौतमको बिहीबार मृत्यु भएको थियो । उनको दाहसंस्कार गर्न रातु खोला पुगेका स्थानीय राजु खड्काको संयोजकत्वमा ११ सदस्य समित गठन गरेका थिए ।

सर्पदंश केन्द्र बर्दिवासमा तत्काल भ्यान्टिलेटरको अभाव रवीनाको ज्यान गएपछी वर्दिवासका स्थानीयलाई बिशेषज्ञ र उपकरण सहितको सेवाको आवश्यकता परेको छ ।

केही दिन अघि बर्दिबास नगरपालिका —१ की अढाई बर्षीया बच्ची आइसा सिंहको गत मंगलबार र बर्दिबास नगरपालिका —१ का १५ बर्षीय आशिष अधिकारीको गएको आईतबार सर्पको टोकाईबाट मृत्यु भएको थियो।

वर्दिवास क्षेत्र देश भरिमै सर्प दशंको बढी जोखिम भएको ठाउँ रहेकाले वर्दिवासस्थित गौरिडाँडामा रहेको सर्पदंश केन्द्रलाई भ्यान्टिलेटर सहितको उपकरण र विशेषज्ञ सहितको टोली तत्काल व्यवस्था नगरिए नव गठित डेलिगेसन समितिले कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्।

बर्दिवास क्षेत्रमा सातामै तीन जनाको विशालु सर्प गोहमन र करैत सर्पको टोकाइबाट मृत्यु भए पछि स्थानीयले भरपर्दो उपचार सेवा पाउनुपर्ने माग अघि सारेका छन् । वर्दिवास क्षेत्रमा रहेको सर्पदंश केन्द्रमा विरामीहरुको उपचारका लागि भेन्टिलेटरको अभाव रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.