थन्किए सरकारी एम्बुलेन्स

थन्किए सरकारी एम्बुलेन्स

बर्दिबास : महोत्तरीको बर्दिबास र सम्सी अस्पतालका तीन एम्बुलेन्स लामो समयदेखि थन्किएका छन् । बिग्रिएपछि मर्मतसम्भारमा ध्यान नदिँदा एम्बुलेन्स अहिले कवाडीमा परिणत भएका छन् ।

मर्मतसम्भारको अभावमा बर्दिबास सरकारी अस्पतालका एम्बुलेन्स एक वर्षदेखि अस्पताल परिसरमा बेवारिसे छन् । अस्पतालको ज १ झ ३६० नम्बरको एम्बुलेन्स बिग्रिए पनि मर्मत गराउन नसकिएको बर्दिबास सरकारी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट विधानचन्द्र झाले बताए ।

बर्दिबास सरकारी अस्पतालको पाकिस्तान सरकारले उपहारस्वरूप दिएको ना १ झ ९४८ नम्बरको एम्बुलेन्सले पनि मर्मतसम्भारको अभावमा गाउँभन्दा बाहिर सेवा दिन सकेको छैन ।
मर्मतसम्भार नहुँदा एम्बुलेन्सले बिरामीलाई गन्तव्यमा पु¥याएर बचाउलान् भन्ने प्रश्न उब्जिएको बर्दिबासका महेश झाको प्रश्न छ । प्राथमिक स्वास्थ्य चौकी सम्सीको ज १ च ६२६ र ज १ झ ३५९ नम्बरको एम्बुलेन्स पनि बिग्रिएको छ । मर्मतसम्भार अभावमा दुवै एम्बुलेन्स कवाडीमा परिणत भएका छन्।

मर्मतसम्भारको अभावमा बर्दिबास सरकारी अस्पतालका एम्बुलेन्स एक वर्षदेखि अस्पताल परिसरमा बेवारिसे छन् ।

एम्बुलेन्स मर्मतका लागि प्रयासरत रहे तापनि रकमको व्यवस्था नहुँदा समस्या भएको स्वास्थ्य चौकी सम्सीका इन्चार्ज शिवकैलाश साहले बताए । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालयमा गुहार गर्दा समेत कहीँकतैबाट मर्मतका लागि पहल हुन नसकेको इन्चार्ज साहले गुनासो गरे ।

अस्पतालमा एम्बुलेन्स नभएपछि इमर्जेन्सी भएका बिरामीले गाउँबाट आफैले ल्याएको जिपमार्फत उपचारका लागि बाहिर लाने गर्छन् । हुनेखानेले जसोतसो सुविधासम्पन्न अस्पतालमा उपचार गराए तापनि गरिब तथा विपन्न परिवारको उपचारका लागि समस्याको पहाड नै हुने गरेको स्थानीयको भनाइ छ ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.