ज्यान जोखिममा राखेर दाउरा संकलनमा बालबालिका (फोटो फिचर)
बर्दिबास: नेपालको पूर्वी पहाडी क्षेत्रमा अविरल बर्षासँगै तीन दिनदेखि सप्तकोशी नदीमा बाढीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको रातो बत्ती बालिएको छ।
तर सप्तरी र सुनसरीको सीमानामा पर्ने सप्तकोशी नदीमा आएको भीषण बाढीमा त्यहाँका बालबालिकाहरु भने ज्यान जोखिममा राखेर ब्यारेजको बाँधमा दाउराको पर्खाइमा बसेका हुन्छ। स्थानीय प्रसाशनको लापरबाहीले सप्तकोशी नदीको बाढीमा आएको दाउरा संकलन गर्ने स्थानीय बालबालिकाको ज्यान जोखिममा परेको हो। बहाव बढेपछि ब्यारेजका सबै ढोका खोल्न स्थानीयहरुले माग गरेका छन्।
बुधबार सप्तकोशीको बहाव प्रतिसेकेन्ड २ लाख १४ हजार ५ सय प्रतिसेकेन्ड क्युसेक मापन गरिएको सुनसरीका एसपी विद्यानन्द माझीले बताए। मंगलबार सप्तकोसीको बहाव प्रतिसेकेन्ड एक लाख ९२ हजार ३ सय क्युसेक मापन गरिएको थियो।कोसी ब्यारेजका ५६ मध्ये २५ भन्दा बढी ढोका खोलिएका छन्। सोमबार राति सप्तकोसीको बहाव प्रतिसेकेन्ड २ लाख ११ हजार ५ सय ६० पुगेको थियो।
सप्तकोसीमा बहाव बढेपछि कोसी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ। समान्यतया सप्तकोसीमा प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक बहाव नाघेपछि खतराको संकेत मानिन्छ। नदिको समान्य अवस्थाको बहाव भन्दा अहिले ६४ हजार ५ सय प्रति सेकन्ड क्युसेक पानीको बहाव बढेको छ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेज छ। भारतले स्वच्छाचरी ढंगले ढोका खोल्ने गरेका कारण सुनसरीको गाउँहरु सप्तकोसीको जोखिमा छ। सुनसरीको मधुवन, प्रकाशपुर, पश्चिम कुसाहा, महेन्द्रनगरलगायत क्षेत्रमा सप्तकोसीले कटान सुरु गरेको स्थानीय दुर्योधन घिमिरेले जानकारी बताए।