हात्तीको आक्रमणले एक बालकको मृत्यु

 हात्तीको आक्रमणले एक बालकको मृत्यु

सिमरा : पर्साको सुवर्णपुरमा जंगली हात्तीको आक्रमणमा परी एक बालकको मृत्यु भएको छ।

चितवन राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको आक्रमणले सुवर्णपुर गाउपालिका २ ईच्छानगरका जुठे प्रजाका ११ बर्षीय छोरा रिजनको मृत्यु भएको हो । राति दुई बजे हात्तीको बथान बस्ती पसेपछि भाग्ने क्रममा हात्तीले रिजनलाई आक्रमण गरेको थियो।

घर अगाडी हात्तीको बथान आएपछि आत्तिएर चिच्याउँदै भाग्ने क्रममा रिजनलाई आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यलय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । रिजनको शव घरदेखी दुई सय मिटर टाढा बारीमा फेला परेको थियो।

चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने हात्तीले पर्साका ग्रामीण भेगमा आतंक मच्चाउदै आएको छ। हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको स्थानीको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.