अलग अलग दुर्घटनामा दुईको मृत्यु

अलग अलग  दुर्घटनामा दुईको मृत्यु

विराटनगर: विराटनगरका अलग अलग स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका १४ स्थित कोसी राजमार्गमा भएको सवारी दुर्घटनामा विराटनगर १६ का ४३ वर्षीय मनोज साहको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार साइकलमा यात्रा गरिरहेका साहलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ५१८२ नम्बरको ट्रकले राति ८ बजे ठक्कर दिएर घाइते बनाएको थियो।

घाइते साहको उपचारका क्रममा राति ९ बजे कोसी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रनि निरौलाले दिए।

त्यस्तै विराटनगर ११ जनपथ टोलका ४५ वर्षीय गणेशप्रसाद आचार्यको फलामे गेटले किचेर शुक्रबार विहान मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिह थापाका अनुसार विराटनगर १० का मनिष अग्रवालको गाडी चलाउँदै आएका आचार्यलाई घर भित्र गाडी पार्किङ गरेर फलामको गेट लगाउने क्रममा गेट ढलेर किचेको थियो। गेटले किचेर गम्भीर घाइते उनको उपचारका क्रममा नोबेल मेडिकल कलेजमा मृत्यु भएको जानकारी थापाले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.