स्वाइन फ्लुबाट रुपन्देहीमा एक जनाको मृत्यु

स्वाइन फ्लुबाट रुपन्देहीमा एक जनाको मृत्यु

बुटवल: रुपन्देही जिल्लामा स्वाईनफूलुवाट एक जनाको मृत्यु भएको छ। रुपन्देहीमा केही दिन अघि स्वाइनफ्लु संक्रमण भएका दुई जना विरामी भेटिएका थिए। ती मध्ये एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

एकजनाको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारपछि निको भएको छ। जिल्लामा स्वाईनफ्लु भन्दा पनि भाईरल ज्वरोका विरामी अधिक मात्रामा अस्पतालमा उपचारका लागि आएका छन्। जिल्लाका सबै जसो अस्पतालमा भाईरल ज्वरोका विरामीको चाप छ।

जिल्लाको सैनामैना नगरपालिकामा रहेको २ नम्बर आर्मी क्याम्पका ४० जना एकैसाथ विरामी भएको र उनीहरुको उपचार भैरहेको जनस्वास्थ्य कार्यालयका प्रमुख केयरसिंह गोदारले जानकारी दिए।

रुपन्देहीमा स्वाईनफ्लुको किटाणुको परिक्षण गर्ने प्रविधि नभएकाले भाईरल ज्वरो आएकाहरुलाई स्वाईनफ्लु नै भएको प्रमाणित गर्न नमिल्ने जनस्वास्थ्य प्रमुख गोदारले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.