पहिरोमा पुरिएर एक जनाको मृत्यु, एकै परिवारका तीन बेपत्ता

पहिरोमा पुरिएर एक जनाको मृत्यु, एकै परिवारका तीन बेपत्ता

फिदिम: अविरल बर्षातका कारण फालेलुङ गाँउपालिकाको विविभन्न स्थान गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकै परिवारका तीन जना बेपत्ता छन् भने एक जना गम्भिर घाइते छन्।

शुक्रबार विहान आठ बजे गएको पहिरोले पुरिएर फालेलुङ १ चुक्पादिनका ८३ बर्षिय बृद्ध तिलोचन विश्वकर्माको मृत्यु भएको हो । घरमाथिको छाँगाबाट खसेको पहिरोबाट जोगिन भाग्ने क्रममा विकलाई पहिरोले पुरेको स्थानीय प्रेम खड्काले बताए । विहान आठ बजे पहिरोमा पुरिएका विकको शव नेपाली सेनको भैरबी दल गलबाट खटेको टोली र स्थानीयको प्रयासमा पाँच घण्टापछि निकालिएको थियो।

पहिरोले विकको घर, मतान र स्थानीय कमल जवेगुको घर पुरेको छ । त्यस्तै सोहि स्थानमा मिलन बानियाको पशु चौपाय समेतको गोठ पहिरोले बगाएको उद्धारका लागि घटनास्थमा खटिएका पाँचथरका प्रहरी नायब उपरिक्षक नकुल पोख्रेलले बताए।

उता फालेलुङ ३ ताङ्लेपामा पहिरोमा पुरिएर एकै परिवारका तीन जना बेपत्ता छन्। एक जना बृद्धा गम्भिर घाइते भएकी छन् । माथिबाट आएको पहिरोमा पुरिएर ६२ बर्षिय बिष्णुभक्त राइ, उनकै १३ बर्षिया छोरी गंगामाया र १३ बर्षिय नातिनि प्रिया राई बेपत्ता भएको वडा अध्यक्ष बीर विक्रम थाम्सुहाङले बताए। विष्णुभक्तकि श्रीमती सञ्चमाया राई गम्भिर घाइते छिन्।

बेपत्ता भएका विष्णभक्त ३५ किलोवाट क्षमता भएको ताङ्लेपा लघु जलविद्युत् आयोजनाको अप्रेटरको काम गर्थे। उनी परिवार सहित लघु जलविद्युत्को पावर हाउसमै वस्दै आएका थिए । माथिबाट आएको पहिरोले श्रीमान सहित छोरी र नातीनिलाइ पुरेको घाइते भएकी सञ्चमायाले बताइन्। 'म चर्पि गएको बेला पहिरोले परिवार बगायो,' घाइते सञ्चमायाले भनिन् ‘ट्वाइलेट गएकै कारणले मात्र म बाँचे।'

बेपत्ता तिनै जनाको खोजी कार्य भईरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको भनाइ छ। ‘जताजतै पहिरो गएकाले उद्धार टोली घटनास्थलमै पुग्न गाह्रो भो,’ खड्काले भने ‘बेपत्ताको खोजी भईरहेको छ।'

स्थानीयका अनुसार फालेलुङ गाँउपालीकाको विभिन्न स्थानमा गएको पहिरोका कारण दर्जनौ घरपरिवार विस्थापित भएका छन्। फालेलुङ तीन का वडाध्यक्ष विरविक्रम थाम्सुहाङा अनुसार फालेलुङको माङ्लेबु, बुङ्खीडाँडा र खोलाघारीका दर्जनौ घरहरु पुरिएका छन्। जमिन लच्किएर घरहरु भत्किने अवस्थामा पुगेका छन्।

जताततै पहिरो गएकाले उद्धारका लागि खटिएको टोलीलाई पनि समस्या भएको छ। ‘पहिरोका कारण विस्थापित भएका परिवारहरु अलि सुरक्षित ठानिएको खेसाङ डाँडामा जम्मा भएर बसेका छन्,’ थाम्सुहाङले भने ‘कति घर पुरिए र कति पशु चौपाय भरे यकिन विवरण लिनै गाह्रो भएको छ।'

पहिरोले लघु जलविद्युत नै बगाएपछि अधिकांशको मोवाइल अफ भएकाले स्थानीयसँग सम्पर्क गर्न पनि कठिन भएको छ। 'उद्धारका लागि व्यापक रुपमा पहरी खटाईको छ,’ प्रहरी नायब उरिक्षक पोख्रेलले भने ‘जताजतै पहिरो गएकाले सडक अबरुद्ध भएको र जमिन लच्किाले उद्धारमा केही समस्या भएको हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.