माडीको वस्ती डुवानमा
चितवन : अविरल वर्षाका कारण चितवनको माडीका बस्ति डुवानमा परेको छ । पानी परेपछि बढेको रिउ खोला बस्तीमा पसेको हो । माडी नगरपालिकाको वडा नम्बर १, २, ४, ६ वडाका घरहरु डुवानमा परेका हुन् ।
रिउ खोलाको सतह बढेर खतराको संकेत नाघेको थियो । ३.८४ लाई सामान्य सामान्य ५.१० सेमिमा पुगेको थियो । बस्तीमा पानी पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसको टोली राति नै उद्धारमा खटिएको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए ।
डुवानमा परेको स्थानका वासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो । राति २ बजेपछि पानीको केही सतह घटेको छ । मानवीय क्षती भने हुन नपाएको एसपी थापाले बताए ।