अक्सिजनको अभावमा भारतमा ६० जना’को मृत्यु

अक्सिजनको अभावमा भारतमा ६० जना’को मृत्यु

लखनउ (भारत) : उत्तर भारतको एक सरकारी अस्पतालमा अक्सिजनको अभाव हुँदा विगत पाँच दिनमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । अक्सिजनको अभावका कारण थप व्यक्ति पनि प्रभावित हुनसक्ने भारतीय अधिकारीले जनाएका छन् ।

अधिकारीले उत्तर प्रदेश गोरखपुर जिल्लाको बाबा राघबदास अस्पतालमा अक्सिजनको अभावका कारण विरामीको मृत्यु भएको अनुसन्धान अघि बढाइएको बताए । भारतीय सञ्चारमाध्यमले अस्पतालमा अक्सिजनको बक्यौता नतिरेपछि कम्पनीले बिहीबार र शुक्रबार अक्सिजन आपूर्ति नगर्दा ३० जना बालबालिकाको मृत्यु भएको बताएका छन् ।

गोरखपुरका स्वास्थ्य मामिला हेर्ने विभागीय आयुक्त अनिल कूमारले भने“हामीले अस्पतालमा अक्सिजनको अभावका कारण बिरामीको मृत्यु भएको भनाइलाई लिएर प्रारम्भिक रिपोर्ट शनिबारसम्म आइपुग्ने गरी अनुसन्धान अघि बढाएका छौँ । हो, गत पाँच दिनमा उक्त अस्पतालमा ६० जनाको मृत्यु भएको छ तर हामीलाई सबै विरामीको अक्सिजनका अभावका कारण मृत्यु भएको जस्तो लाग्दैन ।”

राज्य सरकार मुख्य मन्त्रीको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा अस्पतालको बालचिकित्सा कक्षमा पाँच दिनको अन्तरमा ६० जनाको मृत्यु भएको भन्ने समाचारबारे अनुसन्धान गरी प्रतिबेदन पेश गर्न भनिएको छ ।

भारतीय हिन्दूस्थान टाइम्स दैनिकले आफ्नो शनिबारको अङ्कमा अस्पतालको अस्तव्यस्थताबारे समाचारमा उल्लेख गरेपछि अन्य सञ्चारमाध्यमले पनि यस बिषयलाई निकै महत्वका साथ प्रशारण गरेका छन् ।

आयुक्त अनिल कूमारले अस्पतालमा प्राय सिकिस्त विरामी भर्ना हुने गर्छन् त्यसैले सबै विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएको साँचो नहुन सक्छ । तरपनि जे कुरा बाहिर आएको छ यसबारे छानविन शुरुभैसकेको छ । सत्य तथ्य छिट्टै बाहिर आउने छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.