मुस्ताङमा हावाबाट बिजुली उत्पादन सुरु

मुस्ताङमा हावाबाट बिजुली उत्पादन सुरु

पोखरा : हावाबाट बिजुली निकाल्ने भाषण गरेर प्रशंसित र आलोचित दुवै बनेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मुस्ताङमा हावाबाट बिजुली निकाल्ने योजनाको उद्घाटन गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा दुईवटा टावर राखी हावाको माध्यमले पंखा घुमाएर बिजुली निकाल्न सुरु गरिएको छ।

बुद्ध पावर कम्पनीले उक्त योजना निर्माण पूरा गरेको हो। यो परियोजनाको क्षमता तीन किलोaवाट छ। यो बिजुलीले प्रहरी कार्यालयको काममा प्रयोग हुन्छ। बत्ती बाल्ने, कम्प्युटर, टीभी, फ्रिज चलाउन मिल्ने गरी हावाबाट उत्पादित बिजुली जडान भई शनिबारबाट प्रयोगमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी हरिहर योगीले जानकारी दिए। उत्पादित बिजुली ब्याट्रीमा जम्मा हुने र आवश्यक परेका बेला प्रयोग गरिने उनले बताए। ‘हाम्रो नयाँ भवन पनि तयार हुँदैछ,’ उनले भने, ‘त्यता पनि वायरिङ गरी हावाबाट निकालिएको बिजुली प्रयोग गर्दैछौं।’

बुद्ध पावर कम्पनीले निःशुल्क रूपमा प्रहरीका निम्ति हावाबाट बिजुली निकाल्ने प्रविधि जडान गरिदिएको हो। ‘नमुनास्वरूप यो योजना बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरेका हौं’, कम्पनीका पुष्पराज तिमिल्सिनाले अन्नपूर्णसँग भने, ‘हामी मुस्ताङबाट ४० मेगावाट बिजुली हावाबाट निकाल्न सक्ने क्षमतामा छौं।’ तीन किलोवाट बिजुलीले बत्तीमात्रै बाल्दा पाँच वाटका ६ सयवटा बत्ती बाल्न मिल्ने जानकारी तिमिल्सिनाले दिए। उक्त कम्पनी स्पेनेलीसँग नेपालीले साझेदारीमा सुरु गरेको कम्पनी हो। स्पेनेली साझेदारका तर्फबाट राफेल भिनास पिच शनिबारको कार्यक्रममा सहभागी थिए।

केपी ओली प्रधानमन्त्री हुँदा नै यो योजना निर्माण सुरु गरिएकोमा अहिले आएर पूरा भएको हो। ‘नाकाबन्दीलगायत कारण बेलामा सामान आउन पाएनन्,’ तिमिल्सिनाले भने, ‘मुस्ताङमा कस्तो प्रविधि फिट हुन्छ भन्ने धेरैखाले परीक्षण पनि गरिसकेर मात्रै जडान ग¥यौं।’ स्पेनमा अहिले चल्तीमै रहेको विन्ड इनर्जीको प्रविधि जडान गरिएको जानकारी उनले दिए। हावाबाट बिजुली निकाल्न दुईवटा र घामबाट निकाल्न एउटा गरी तीनवटा टावर खडा गरेको हुँदा यो हाइब्रिड प्रविधि भएको पनि उनले बताए।a

टावरमा मौसमसम्बन्धी जानकारी दिने उपकरण पनि जडान गरिएको छ। पहिलो योजना निर्माणलाई डेढ वर्ष लागे पनि अब तीन महिनामै एउटा स्टेसन खडा गर्न सकिने जानकारी तिमिल्सिनाले दिए। ‘यो बिजुली र पानीबाट निकाल्ने बिजुलीमा कुनै फरक छैन, मात्र टर्बाइन पानी कि हावाले घुमाउने भन्नेमात्र हो’, उनले भने। यसअघि २०४४ सालमा मुस्ताङमा हावाबाट बिजुली निकाल्ने परियोजना असफल भएको थियो। कागबेनीमा जडित हावाबाट बिजुली निकाल्ने प्रविधि एक महिना पनि टिकेको थिएन।

उक्त परियोजना उद्घाटनपछि ओलीले यो केबल नमुनामात्रै भएको बताए। उनले भने, ‘मुस्ताङको हावाबाट अझै धेरै बिजुली निस्कन्छ, मैले हावाबाट बिजुली निस्कन्छ भन्दा उडाएका थिए, आज निस्कियो, रेल चलाउने कुरा पनि साकार हुन्छ।’ शनिबार चीनको साँध कोरला पुगेका उनले यो नाका छिटै खुला हुने आश्वासन पनि मुस्ताङीलाई दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.