हिमालको अर्बाै रोयल्टी वर्षौदेखि खातामै

हिमालको अर्बाै रोयल्टी वर्षौदेखि खातामै

 काठमाडौं : हिमाल आरोहण गर्नेले तिरेको रोयल्टी सम्बन्धित क्षेत्रको विकासमा खर्च गर्न सरकारले विनियोजन गरे पनि वर्षौंदेखि रकम खर्च हुन नसक्दा जिल्ला विकास समितिको खातामै थन्किएको छ । रकम खर्चिन जिविसले चासो नदेखाएपछि सम्बन्धित क्षेत्रको विकास नभई राज्यकोषमै फिर्ता हुने गरेको हो । रोयल्टीको ३० प्रतिशत रकम कर्मचारीकै कारण खर्च नभएको स्थानीयको आरोप छ ।

आर्थिक वर्ष २०६९÷७० मा पर्यटन मन्त्रालयले मकालु हिमालको सलामी दस्तुरमध्ये एक करोड ३७ लाख जिल्ला विकास समिति संखुवासभालाई पठाए पनि उक्त रकम अझसम्म खर्च नगरी खातामै छ । स्थानीय विकास अधिकारीको स्वार्थले रकम खर्च हुन नसकेको जिविस स्रोतको भनाइ छ । सगरमाथा र अन्य हिमालको सलामी रकममध्ये २० करोड रुपैयाँ खर्च नभई खातामै फर्किएको हो । प्राप्त रकम पर्यटन प्रवद्र्धनमा खर्च गर्नुपर्ने भए पनि कर्मचारीले प्रभावकारी प्रक्रिया अघि नबढाउँदा खातामै रहेको स्थानीयको आरोप छ ।

जनप्रतिनिधि नभएको र कर्मचारीले आफूखुसी काम गर्दा रकम खातामै रोकिएको संखुवासभाका नागरिक अगुवा मनबहादुर लिम्बूले बताए । प्राप्त रकमलाई खर्च गर्न चासो नदिनु नै मुख्य समस्या भएको उनको भनाइ छ । ताप्लेजुङमा पनि कञ्चनजंघा हिमालको सलामी रकम प्राप्त भएको तर खर्च नभएको जिविसले जनाएको छ । स्थानीय विकासका लागि आएको रकम फेरि राज्यकोषमै फिर्ता पठाउनु दुःखद भएको भन्दै तत्काल उक्त रकम सम्बन्धित क्षेत्रमै पठाउनुपर्ने पर्यटन व्यवसायी टीकाराम गुरुङको माग छ ।

आठ हजारमाथिका आठ र अन्य चार सय १४ हिमाल आरोहणका लागि खुला गरिएको छ । आरोहण शुल्कको ३० प्रतिशत स्थानीय निकायमा पठाउनुपर्ने व्यवस्था छ ।

हिमाल आरोहणमा भएका समस्या, आधार शिविरसम्मको पदमार्ग निर्माणदेखि प्रचारप्रसारलगायत क्षेत्रमा उक्त रकम खर्चिनुपर्ने उनले बताए । वर्षौंसम्म रकम खर्च नभई खातामा हुनु दुर्भाग्य भएको भन्दै पर्यटन पूर्वाधारमा रकम खर्च गर्न स्थानीयले सरकारसँग माग गरेका छन् । अख्तियारी आएपछि खर्च नगरी राख्दा राज्यकोषमा रकम जम्मा गर्नुको विकल्प नभएको सोलुखुम्बुका स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले बताए । क्रमागत योजनामा भएका रकम पनि खर्च गर्न पाउने भन्दै ऐन र कार्यविधिले प्रस्ट नपारेसम्म केही गर्न नमिल्ने सापकोटाले जानकारी दिए । देशैभर हिमाल रोयल्टीको ३० प्रतिशत रकममध्ये आधा अर्बभन्दा बढी रकम जिविसको खातामा रहेको अनुमान छ ।

सोलुखुम्बुका सोनाम ग्याल्जेन लामाले रोयल्टीको ठूलो हिस्सा सम्बन्धित क्षेत्रमै खर्च गर्न पाउनुपर्ने माग गरेका छन् । आठ हजारमाथिका आठ र अन्य चार सय १४ हिमाल सरकारले आरोहणका लागि खुला गरेको छ । यी हिमाल आरोहणमा तोकेको शुल्कको ३० प्रतिशत स्थानीय निकायमा पठाउनुपर्ने व्यवस्था थियो । सगरमाथा आरोहणमा नेपालीलाई ७५ हजार र विदेशीलाई ११ लाखसम्म शुल्क तोकिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.