रूपन्देहीका उद्योगमा पानी पस्यो

रूपन्देहीका उद्योगमा पानी पस्यो

बुटवल : रूपन्देहीका उद्योगमा वर्षाले करोडौं क्षति गरेको छ । दुई दिनसम्म परेको भीषण वर्षापछि सहर नै जलमग्न हुँदा उद्योगमा पानी पसेको हो ।
बुटवल औद्योगिक क्षेत्रका अधिकांश उद्योगमा पानी पसेको छ । उद्योगको करोडौं नोक्सान भए पनि क्षति विवरण संकलन गर्न बाँकी रहेको रूपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष गणेश अधिकारीले बताए ।

बुटवलमा २०३८ सालयताकै ठूलो वर्षा भएको बताइएको छ । त्यतिखेरको बाढीले बुटवलको आधा सहर बगाएको थियो । पाल्पामा पानी नपरेकाले तिनाउमा बाढी नआए पनि सडककै पानीले उद्योगमा क्षति पुगेको हो । बुटवल औद्योगिक क्षेत्रमा ६५ वटा उद्योग सञ्चालनमा छन् । औद्योगिक क्षेत्र पानीले जलमग्न भएपछि उत्पादन बन्द भएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख तुलबहादुर रानाले बताए । ‘उद्योगका मेसिन भित्रसम्म पानी परेपछि उत्पादन बन्द भएको छ', उनले भने, ‘क्षतिको विवरण संलकन गरिरहेका छौं ।'

बुटवलको कालिकानगरस्थित पशुपति प्याकेजिङ उद्योगको झन्डै एक करोड रुपैयाँ नोक्सान भएको छ । कच्चापदार्थ र तयारी सामान पानीमा डुबेपछि कामै नलाग्ने गरी नष्ट भएको हो । ढलको निकास पर्याप्त नभएपछि उद्योगमा पानी पसेको थियो । कालिकानगरकै पशुपति अफसेट उद्योगको ३५ लाख रुपैयाँबराबरको क्षति भएको सञ्चालक राजु गैरेले बताए । ‘मेसिनसम्म नै पानीले डुबेपछि केही बचाउन सकिएन', उनले भने । रूपन्देहीको भलबारी क्षेत्रका साना उद्योगमा पनि पानी पसेर नोक्सान भएको रूपन्देही उद्योग संघले जनाएको छ । अत्यधिक वर्षाले भलबारी सडक नदीजस्तै भएको थियो ।

उपमहानगरपालिकाले ढल व्यवस्थापनमा चासो नदेखाउँदा करोडौं नोक्सान बेहोर्नुपरेको उद्योगीहरूको गुनासो छ ।

जिल्लाको लुम्बिनी करिडोरमा रहेका सिमेन्ट उद्योगमा वर्षाले क्षति पुर्‍याएको छ । यकिन विवरण भने आइनसकेको उद्योग संघका कार्यवाहक अध्यक्ष अधिकारीले बताए । ‘नियमित रूपमा उद्योग सञ्चालन हुन सकेका छैनन्', उनले भने । बुटवलभन्दा भैरहवा क्षेत्रमा पानी कम परेकाले बस्तीमा क्षति भएको छैन । उपमहानगरपालिकाले ढल व्यवस्थापनमा चासो नदेखाउँदा करोडौं नोक्सान बेहोर्नुपरेको उद्योगीहरूको भनाइ छ । हाल निर्माणाधीन ६ लेन सडकको नाली साँघुरो भएकाले सबै पानी घर तथा सडकबाट बगेको छ ।

रूपन्देहीको भलबारीमा सडकमै जम्मा भएको पानी ।अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.