गोलभेंडा प्रतिकिलो ११० रुपयाँ पुग्यो

गोलभेंडा प्रतिकिलो ११० रुपयाँ पुग्यो

बुटवल: गोलभेंडाको मूल्य एक्कासी बढेको छ। एक साताअघिसम्म प्रतिकिलो ४० रुपैयाँ रहेको टमाटरको मूल्य झन्डै तीन गुणा बढेको हो।

बुटवल क्षेत्रमा प्रतिकिलो एक सय १० रुपैयाँमा टमाटरको कारोबार भइरहेको छ। बाढीको प्रभावले उत्पादन भएको टमाटरसमेत बजार आउन नसक्दा मूल्य आकाशिएको व्यापारीले बताएका छन्।

बुटवलको कृषिउपज तथा थोक बजार केन्द्रमा नै एक किलो टमाटरको मूल्य ९० रुपैयाँ छ। लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष केशव कुँवरले माग बढी भएकाले टमाटरको मूल्य अझै बढ्न सक्ने बताए।

‘तीज लागेकाले माग अत्यधिक छ। तर, उत्पादन बजारसम्म आउन सकेको छैन', उनले भने, ‘मूल्य अझै बढ्न सक्छ।' टमाटरको मूल्य एक साताकै अन्तरमा अत्यधिक वृद्धि भएको उनले बताए।

गत वर्ष यही समयमा टमाटर ५० रुपैयाँ किलोमा बिक्री भइरहेको थियो। तीन वर्षयता ५० ननाघेको टमाटरको मूल्य अहिले अत्यधिक बढेको हो। एक सातादेखि लगातारको वर्षा, बाढी र पहिरोले काठमाडौं, मकवानपुर, धादिङ, पोखरादेखि टमाटर आउन नसकेको कुँवरले बताए । बुटवलमा पछिल्लो समय दैनिक भारतबाट २० टन टमाटर आयात भइरहेको छ।

नेपालकै १५ टन टमाटर बुटवलमा कारोबार हुँदै आएको छ। पाल्पा, स्याङ्जा र गुल्मीबाट टमाटर आइरहेको थोक बजार केन्द्रले जनाएको छ। बुटवलमा दैनिक ७०÷८० टन टमाटर खपत भएको छ भने दैनिक ४० लाख रुपैयाँको कारोबार हुने गरेको छ।

खास सिजनमा नेपालको टमाटरले ६० प्रतिशत बजार ओगट्ने गरेको छ। ४० प्रतिशत हिस्सा भने भारतीय उत्पादनको छ। तराईका जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती हुने गरेको छ। बाह्रैमासे टमाटर खेती गर्ने किसान भने कम छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.