बानेश्वरमा डा. केसीका समर्थकमाथि प्रहरी हस्तक्षेप

बानेश्वरमा डा. केसीका समर्थकमाथि प्रहरी हस्तक्षेप

काठमाडौं : असनरत डा. गोविन्द केसीका समर्थकले चिकित्सा शिक्षा विधेयक संसदबाट पास गर्न ढिलाइ भएको भन्दै व्यवस्थापिका संसद् भवन नयाँ बानेश्वर नजिक निषेधित क्षेत्रमा प्रदर्शन गरेका छन् । 

केसीको जीवन जोखिममा पर्दा पनि सरकारले माग पूरा नगरेको भन्दै समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरी र केसीका समर्थकहरु बीच झडपसमेत भएको छ । करीब एक सयको संख्यामा रहेका केसीका समर्थकले ‘संसदको तलव भत्ता बढाउने ऐन एकै दिन, चिकित्सा शिक्षा विधेयक पास गर्न बर्षाे दिन’ भन्ने नारा र प्लेड कार्ड बोकेर प्रर्दशन गरिरहेका छन् । प्रहरीको हस्तक्षेपविरुद्ध पनि उनीहरुले नाराबाजी गरिरहेका छन्।

dr.kc-suport

डा. केसीका समर्थकले बानेश्वर क्षेत्रमा केही दिनयता प्रर्दशन जारी राखेका छन् । यता केसीको समर्थनमा नेपाल चिकित्सक संघ सरकारी चिकित्संक संघ लगायतको आह्वानमा मुलुकभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प छन् ।

डा. गोविन्द केसीको ११ औ अनसन २३ औँ दिनमा प्रवेश गरेको छ । उनी अझ पनि माग सम्बोधन नभएको भन्दै अनसन तोड्ने मनस्थितिमा देखिन्नन् । सिंगो चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका अनियमितता र सुविधाहरुको चरम केन्द्रीकरणको अन्त्य गर्न उचित कानुन बन्नुपर्ने भन्दै उनीे ११ औं अनसन बसेका हुन् । केसीको ११ औं अनसन अहिलेसम्मै लामो बन्न पुगेको छ ।

DSC_0289

माग सम्बोधन गर्न भन्दै सरकारसँग ६ पटक वार्ता भएपनि अझैसम्म  सहमति हुन सकिरहेको छैन । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले केसीको अनसन २० दिन मात्रै पुग्दा माग पूरा हुने हुँदा अनसन तोड्न आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.