तातोपानी नाका खोल्न अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारीमा हस्ताक्षर

तातोपानी नाका खोल्न अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारीमा हस्ताक्षर

काठमाडौं : भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नतीसहितका परियोजनामा खर्च गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अरनिको राजमार्ग स्तरोन्नती र रसुवागढीमा पक्की पुल निर्माणका लागि एक अर्ब आरएमवी अर्थात् करिब साढे १५ अर्ब रुपैयाँ खर्च गर्ने आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको अर्थसचिव शान्तराज सुवेदीले जानकारी दिए।

भूकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको तीन अर्ब आरएमवी मध्ये एक अर्ब सन् २०१६ मा खर्च भएको थियो भने सन् २०१७ मा एक अर्ब खर्च हुनेछ । बाँकी एक अर्ब सन् २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुनेछ।

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादार र चिनियाँ उपप्रधानमन्त्री वाङ याङबीच दुई पक्षीय वार्तापछि उनीहरुकै उपस्थितिमा मंगलबार भएका तीन समझदारीपत्र मध्ये आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी एउटा हो।

समझदारीपत्रमा दुबै मुलुकका अर्थसचिवले हस्ताक्षर गरेका छन् । पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्न दुई अर्ब नेपाली रुपैयाँ चिनियाँ सहयोग प्राप्त हुने अर्थसचिव सुवेदीले जानकारी दिए । हस्ताक्षर भएको तेस्रो समझदारीमा नेपालमा चिनियाँ लगानी अभिवृद्धि सम्बन्धी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.