किसानको सपना बर्षासँगै बग्यो

किसानको सपना बर्षासँगै बग्यो

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका ९ दत्तु थाप्लामा आइतबार रातिको बर्षाले कृष्ण व्यवसायिक तरकारी बेर्ना उत्पादन उद्योगमा लाखौं मूल्य बराबरको तरकारी नष्ट भएको छ ।

बर्षाले जिल्लाकै उत्कृष्ट कृषक विक्रमसिंह सामन्तको तरकारी र बेर्ना सखाप पारेको हो । व्यवसायिक रुपमा ८० रोपनी जमिनमा लगाइएको तरकारी फर्म र तरकारी बेर्ना नष्ट भएको हो ।

बर्षैादेखि उदाहरणीय रुपमा व्यवसायिक तरकारी खेती गर्ने कृर्षकका रुपमा परिचित सामन्तको तरकारी खेतमा लगाएको विभिन्न जातको तरकारीमा लाखौंको क्षति भएको जिल्ला कृषि विकास कार्यालय दार्चुलाले जनाएको छ । धेरै बर्ष पहिलेदेखि दार्चुलामा उत्कृष्ट कृर्षक रुपमा घोषित हुने उहाँ एक मात्र ब्यक्ति थिए।

लाखौँ लगानी गरेर खेतमा लगाइएको तरकारीको खेत नै बगरमा परिणत हुँदा निकै चिन्तित बनाएको सामन्तले बताए । सबथोक सम्झेर लगाएको तरकारी नष्ट हुँदा सपना नै रित्तिएको आभास भइरहेको उहाँले सुनाउनु भयो । बेर्ना र तरकारी सबै माटोमा मिलेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.