तरकारीमा खुद्रा व्यापारीको लुट

तरकारीमा खुद्रा व्यापारीको लुट

काठमाडौं : उपत्यकामा तरकारीको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको छ । खुद्रा व्यापारीले तराईको बाढीपहिरोको मौका छोपेर स्थानीय तरकारीको पनि आफूखुसी मूल्य बढाएका छन् ।कालीमाटीस्थित थोक तरकारी बजारमा स्थिर मूल्य रहेको तरकारीमा पनि खुद्रा व्यापारीले जथाभावी मूल्य तोकर उपभोक्ता ठगिरहेको पाइएको छ । गत सोमबार र मंगलबारको कालीमाटी तरकारी बजारको औसत मूल्यलाई विश्लेषण गर्ने हो भने चार प्रकारका तरकारीको मूल्य मात्रै वृद्धि भएको छ । बाढीका कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा गोलभेंडा, बन्दा, परवर र भिन्डीको मात्र मूल्य बढेको छ । तर खुद्रा व्यापारीले भने तराईबाट तरकारी नआएको भन्दै आफूखुसी मूल्य बढाएका छन् ।

बजार अनुगमनको जिम्मेवार निकाय आपूर्ति व्यवस्थापन विभागले पनि मूल्यवृद्धि नियन्त्रणका लागि चासो देखाएको छैन । खुद्रा व्यवसायीले प्रतिकिलो तरकारीमा २० देखि ४० रुपैयाँसम्म मूल्य थपेर तरकारीको व्यापार गर्दै आएका छन् । कालिमाटी बजारमा मंगलबार सानो गोलभेंडाले ८५ रुपैयाँमा कारोबार भएको थियो । त्यही गोलभेंडालाई खुद्रा व्यवसायीले राजधानीका विभिन्न स्थानमा सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरेका छन् ।

कालिमाटीमा ३५ रुपैयाँ प्रतिकिलो रहेको बन्दा बाहिर ५५ रुपैयाँ, ३५ रुपैयाँ प्रतिकिलो रहेको सेतो आलु बाहिर ६५, एक सय पाँच रुपैयाँ प्रतिकिलो रहेको परबर बाहिर एक सय ३०, ८५ रुपैयाँ प्रतिकिलो रहेको भिन्डीलाई ९० र ६५ रुपैयाँ प्रतिकिलो रहेको प्याज सय रुपैयाँमा खुद्रा व्यवसायीले बिक्री गर्दै आएका छन् । कालिमाटीमा ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली बाहिर ८० रुपैयाँमा बेचेको समेत पाइएको छ ।


कालीमाटीमा स्थिर मूल्य रहेको तरकारीमा पनि खुद्रा व्यापारीले जथाभावी मूल्य तोकर उपभोक्ता ठगेको पाइएको छ ।

खुद्रा व्यवसायीले मधेसमा आएको बाढीको मौका पारी तरकारीको मूल्य वृद्धि गरेको कालिमाटी तरकारी बजारका उपनिर्देशक विनयकुमार श्रेष्ठको भनाइ छ । ‘केही अपवाद तरकारीबाहेक अन्यको मूल्य कालिमाटी बजारमा सामान्य अवस्थामै छ', उनले भने, ‘बाढीका कारण विभिन्न सडक अवरुद्ध हुँदा भारतबाट आउने प्याज, आलु, भिन्डी, परबर, कागतीलगायत केहीको मात्र मूल्य बढेको छ ।'

कालिमाटी बजारका अनुसार गत सोमबार सात सय ७९ मेट्रिक टन तरकारी भित्रिएको भएको थियो । यस्तै मंगलबार ६ सय ३२, बुधबार ६ सय ८२, बिहीबार पाँच सय २०, शुक्रबार सात सय १९, शनिबार पाँच सय ९०, आइतबार तीन सय ४६, सोमबार तीन सय ४० र मंगलबार तीन सय सात मेट्रिक टन तरकारी भारतबाट भित्रिएको भएको छ । सामान्य दिनमा यो बजारमा ६ सय मेट्रिक टन तरकारी भित्रिने गर्छ । ‘भारतबाट आपूर्ति नहुँदा आयात परिमाण घटेको छ', श्रेष्ठले भने ।

हरियो तरकारीको मूल्य यति धेरै बढ्नुपर्ने अवस्था नरहेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । वर्षायाममा तराईबाट पहिले पनि तरकारी निकै कम आउने गरेको उनको भनाइ छ । वर्षायाममा काभ्रे, मकवानपुर, भक्तपुर, धादिङ र ललितपुरको ८५ प्रतिशत तरकारी कालिमाटीमा भित्रिन्छ ।

‘बाँकी २० प्रतिशत मात्रै तराईका चितवन र सर्लाहीबाट आउने हो', घिमिरेले भने, ‘बाटो अवरुद्ध हुँदा सर्लाही र चितवनबाट १५ प्रतिशतको हाराहारीमा मात्रै तरकारी आपूर्ति भएको छैन ।' सरकारले अनुगमन गरेर अत्यधिक नाफा असुल्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको सुझाव छ ।

किसान संघद्वारा राहत माग

काठमाडौं : नेपाल किसान संघले बाढीप्रभावित तराईका किसानलाई राहत उपलब्ध गराउन माग गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै बाढीबाट किसानले करोडौं मूल्यबराबरको क्षति बेहोर्नुपरेको भन्दै कृषि विकास मन्त्रालय र पशुपन्छी मन्त्रालयसँग उद्धार र राहतका लागि माग गरेको हो । बाढीले तराईमा अधिकांश किसानको तरकारी खेती डुबाएको छ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.