असहज आवागमन

असहज आवागमन

 

बाढीपहिरोका कारण प्रत्यक्ष-परोक्ष धेरै पक्ष प्रभावित छन् । उद्धार, राहत, पुनस्र्थापना, स्वास्थ्यसँगै मानिसहरूको आवागमनसमेत नराम्ररी प्रभावित भएको छ, जसले उद्धार र राहत अभियान अघि बढाउन कठिनाइ उत्पन्न भइरहेको छ । सरकारले राहत प्याकेज लिएर पीडित बस्ती र गाउँ पुग्न थाले पनि यतिबेला विकल्पको एउटै साधन हेलिकप्टर मात्रै देखिएको छ । बाटाघाटा र पुलपुलेसा क्षतिग्रस्त हुँदा यातायातका अरू साधनको प्रयोग हुन सकेको छैन, जसले उद्धार र राहत अभियानलाई पनि निकै हदसम्म प्रभावित गरेको छ । यतिबेला सरकारको प्रमुख प्राथमिकतामा स्थलमार्गबाट आवागमनलाई सहज तुल्याउनेतर्फ केन्द्रित हुनुपर्छ ।

राजमार्गहरू नेपालीका लागि 'लाइफ लाइन' नै हुन् । अहिले पूर्व र पश्चिममा आएको अविरल वर्षा र बाढीका कारण विभिन्न पाँच सडकमा २८ ठाउँमा क्षति पुगेको छ । काँकडभिट्टा-इटहरी, इटहरी-ढल्केबर, ढल्केबर-हेटौंडा, हेटौंडा-बुटवल र बुटवल-कोहलपुर सडकमा क्षति भएका हुन् ।

ती सडकमा दर्जनौं पुल क्षतिग्रस्त भएका छन् । पुल र सडक मात्रै होइन, विमानस्थलहरूमा समेत भेल पसेर रनवेमा लेदो जम्मा भएका कारण उडान हुन सकिरहेका छैनन् । वर्षाको क्रम रोकिएकाले पानीको सतह घट्दै गएको छ, यद्यपि डुबेको विराटनगर विमानस्थलको रन वे, यात्रु प्रतीक्षालय, टिकट घर, सुरक्षा निकायको कार्यालय आदि अझै पूर्ववत् अवस्थामा फर्किन सकेका छैनन् ।

सरकारको मुख्य प्राथामिकता अब ती अवरोध हटाउनेतर्फ केन्द्रित हुनुपर्छ । त्यसो त रेनवेका लेदो हटाउने काम सुरु भएको छ । त्यसैगरी क्षतिग्रस्त सडकहरू मर्मत गर्ने, अवरोध हटाएर आवागमन हुनसक्ने व्यवस्था गर्नेतिर सरकारका सम्बद्ध संयन्त्रहरू परिचालन हुनुपर्छ । उद्धार र राहतसँगै सरकारले आवागमन सहज बनाउनेतर्फ सक्रियता देखाउनु जरुरी छ ।

सम्पर्क र समन्वयको लागि अति आवश्यक दूरसञ्चार सेवा पनि यतिबेलै प्रभावित भएको छ । यो राहत र उद्धार कार्यमा खटिएकाको लागि अर्को टाउको दुःखाइको विषय भएको छ । बिजुली र टेलिफोन सम्पर्क विच्छेदसँगै इन्टरनेट सेवा पनि प्रभावित भएको छ । यी सेवा नहुँदा बाढीग्रस्त क्षेत्रमा उद्धार र राहतमा खटिएकाहरूबीचको समन्वयमा कठिनाइ आइपरेको छ । वर्षा रोकिएर पानीको सतह घट्दै जाँदा अब यी अप्ठेराबाट निस्केर नियमित जीवनमा फर्कनुको विकल्प छैन । सरकारले बाढीपीडित नेपालीजनलाई नियमित जीवनमा फर्काउन आफ्ना सबै संयन्त्र र शक्ति परिचालन गर्नुपर्छ ।

नागरिकका हरेक खाले अधिकारको सुनिश्चितता गर्ने दायित्व सरकारको हो । त्यसकारण विपद्बाट गुज्रेका नेपालीजनको लागि उद्धार, राहत र पुनस्र्थापना पहिलो प्राथमिकता हुनुपर्छ भनेसँगै आधारभूत सेवा खानेपानी, बिजुली, टेलिफोन, सडक आवागमन आदिको व्यवस्थापन गर्न सके विस्तारै नागरिकहरू नियमित जीवनमा फर्कन सहज हुन्छ । यी न्यूनतम र आधारभूत सेवा उपलब्ध भएपछि आम मानिसले सुरक्षित रहेको अनुभूति गर्न सक्छन् । त्यसकारण पनि आवागमन सहज बनाउँदै यी अत्यावश्यक सेवा उपलब्ध गराउने विषयमा सरकारले ढिलाइ गर्नु हुन्न ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.