मादल बनाएर मनग्गे आम्दानी

मादल बनाएर मनग्गे आम्दानी

 तम्घास : समाजमा धेरैको सोच श्रीमान्ले कमाएर श्रीमती पाल्नुपर्छ भन्ने छ । तर बागलुङको गल्कोट निवासी डिलबहादुर नेपाली दम्पतीले मादल बनाएरै लाखौं आम्दानी गरिरहेका छन् । गुल्मीको सदरमुकाम रेसुंगा नगरपालिका-३ मिलनचोकमा नेपाली दम्पतीले मादल बनाउने र बिक्रीवितरणका लागि गल्कोटे मादल पसल खोलेका छन् ।

५५ वर्षीय डिलबहादुरले सानैमा मादल बनाउने सीप सिकेकाले यही पेसा बुढेसकालको सहारा बनेको उल्लेख गरे । ‘मादल बनाउन सानैमा सिकेको हुँ', उनले भने, ‘यसैको आम्दानीले घरपरिवार चलाएर पनि छोरालाई विदेश पठाएको छुँ ।' दुवैजनाले मादल बनाउने भएकाले काम गर्न सहज भएको नेपाली बताउँछन् । ‘मेरो कामलाई श्रीमतीले सघाएकी छिन्', उनले भने, ‘दुवैले काम गरेपछि बचत पनि हुन्छ । बुढेसकालमा बुढाबूढी सँगै छौं, सँगै काम गर्छौं, यसैमा खुसी छौं ।'

एकै उमेरका नेपाली दम्पतीका आठ सन्तान छन् । उनका पाँच छोरा र तीन छोरी छन् । नेपाली दम्पतीले मादल बेचेरै मासिक एक लाख रुपैयाँसम्म कमाउने गरेका छन् । ‘सिजनमा धेरै नै बिक्री हुन्छ, तीज र दसैंमा मासिक डेढ लाख रुपैयाँसम्म पनि पुन्छ', उनले भने । हरिबहादुरकी श्रीमती पवित्राले उनको काममा सघाउन पाउँदा खुसी लागेको बताइन् । ‘बुढेसकालमा सबैले छाडेर जान्छन्', उनले भनिन्, ‘जोडाले नै दुःखसुख हेर्ने हुन् ।'

मादलको आम्दानीबाटै घरखर्च र चाडपर्व हाँसीखुसी मनाउन पाएको उनको भनाइ छ । ‘दुवैजनाले मादल बनाएर बेच्छौं', उनले भनिन्, ‘यसैबाट खुसी मिलेको छ ।'

नेपालीका अनुसार तीजमा मादलको माग पुर्‍याउनै नसकिने हुन्छ । माग धेरै भएपछि केही दिन पर्खिएर ग्राहकले मादल लैजाने गरेको उनले बताए । ‘तीजमा भ्याइनभ्याइ हुन्छ', उनले भने, ‘असारसाउनको ओसले मादल छिटो सुक्दैन ।' मादल बनाउन काठ, बाख्राको छाला, खरी, किट प्रयोग गरिने नेपालीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.