मौसममा सुधारसँगै खुले सडक

मौसममा सुधारसँगै खुले सडक

तुल्सीपुर : दाङमा चार दिनपछि सडक यातायात सुचारु भएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक मौसममा सुधारसँगै मंगलबारदेखि सञ्चालनमा आएका हुन् । जिल्ला जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध थिए । अविरल वर्षापछिको बाढीका कारण नाकाबन्दीजस्तै अवस्था देखिएकोमा चार दिनपछि केही सहज भएको छ । यससँगै अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

राप्ती लोकमार्गअन्तर्गत अमिलिया-तुल्सीपुर, दाङ-सुर्खेत राजमार्ग, पूर्व-पश्चिम राजमार्ग, लमही-घोराही-तुल्सीपुर सडकखण्ड, तुल्सीपुर-पुरन्धारा सडक, तुल्सीपुर-सल्यान सडक मर्मतपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिए । मंगलबारदेखि कुनै सडकखण्ड पूरै र कुनै एकतर्फी रूपमा सञ्चालनमा आएको शर्माले बताए ।

उनका अनुसार अमिलिया-तुल्सीपुर र तुल्सीपुर-लमही सडकखण्ड सुचारु गराउन बढी कठिनाइ झेल्नुपरेको थियो । अमिलिया-तुल्सीपुर सडकको २० किलोमिटर खण्डमा सयभन्दा बढी स्थानमा पहिरो खसेको र नौ स्थानमा भासिएको उनले सुनाए । ‘यो सडकखण्डमा एकतर्फी रूपमा यातायातका साधन सञ्चालनमा ल्याएका छौं', उनले भने, ‘निरन्तर मर्मत भइरहेको छ, सडकमा पहिरो नखसेको र ढुंगा नझरेको त ठाउँ नै भेटिँदैन ।'

चारजनाको मृत्यु

दाङमा बाढीमा परी चारजनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । एक सय ६४ घर डुबानमा परेका छन् । ८८ घर बाढीले बगाएको छ । ६ सय १४ घरपरिवार विस्थापित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । बाढीले बगाउँदा तुल्सीपुर उपमहानगरपालिका-१३ की भगवती सुनार, वडा नम्बर ४ का नरबहादुर रावत, घोराही-१२ का निर्मला बाढा, तुल्सीपुर-११ का मेघबहादुर केसीको ज्यान गएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.