बाढीले चितवनका १ सय २० होटलमा क्षति

बाढीले चितवनका १ सय २० होटलमा क्षति

चितवन: गत शुक्रबार रातिदेखि आएको बाढीका कारण जिल्लाको सौराहा, जगतपुर र मेघौलीमा रहेका करिब १२० वटा पर्यटकीय होटलमा रु १५ करोड बराबरको क्षति भएको छ।

क्षेत्रीय होटल संघ सौराहाका अनुसार ती होटलका विस्तारा, कटेज, कार्पेटदेखि गाडी, ग्यास सिलिण्डर, मोबाइल, गोदामका खाद्यान्न, ल्यापटप, कम्प्युटर, पर्खाल, बगैँंचा लगायतमा क्षति पुगेको छ।

संघका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहाका ११० होटलमा मात्रै रु १३ करोड ५० लाख बराबरको क्षति भएको छ। कम क्षति भएका १५ वटा होटल बुधबारबाट नै सञ्चालनमा आउन लागेका र अन्य एक साताभित्रमा सञ्चालनमा आउने उहाँले बताए। यद्यपि राप्ती किनारमा रहेका होटल र पव भने सञ्चालन गर्न केही समय लाग्ने उनको भनाइ छ।

होटलमा करिब ६०० पर्यटक रहेका बेला राप्ती र बूढीराप्तीको बाढी पसेपछि सौराहाका होटल डुबानमा परेका थिए। संघले जारी गरेको विज्ञप्तिमा होटलमा रहेका पर्यटकको सक्रियता र स्थानीय होटल व्यवसायीको सचेतनाका कारण मानवीय क्षति हुन नपाएको उल्लेख छ।

विज्ञप्तिमा भूकम्प, नकाबन्दी हुँदै नारायणगढ-मुग्लिन सडकको कारण पर्यटकको आगमनमा कमी हुँदा आर्थिक भार व्यहोरिरहेका व्यवसायीलाई बाढीले थप क्षति पुर्याएको उल्लेख गर्दै व्यवसायीको बैंक ऋणको ब्यजदरमा सहुलियत दिन सरकारसँग माग गरिएको छ।

बाढीले वन्यजन्तुसमेत बगाएको भन्दै संरक्षणका लागि तत्काल सरकारी टोली गठन गरी आवश्यक पहल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.